काठमाडौं । रोमानिया र कोस्टारिका हिंडेका १७ जना नेपालीलाई अध्यागमन अधिकारीहरूले रोकेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ जान लागेका उनीहरूको भ्रमण शंकास्पद देखिएपछि अध्यागमनले रोकेको हो ।
भ्रमणका विषयमा उनीहरूले स्पष्ट जवाफ दिन नसकेपछि रोमानिया हिंडेका १० जना र कोस्टारिका हिंडेका ७ जनालाई ती अधिकारीहरूले रोकेका थिए।
स्रोतका अनुसार रोमानिया जानेमा सन्दीप विक, सृष्टि सिंह, हरि कँडेल, रोशनी परियार, नवराज डिसी, विकल सुनुवार, प्राप्ती अर्याल, कृष्ण सुवेदी, सुरज पराजुली र रिक कुमार थापा रहेका छन्।
त्यस्तै कोस्टारिका जानेमा सुस्मिता घर्तीमगर, केसबहादु विक, धनबहादुर राना, सतेन्द्र ढकाल, जितेन्द्र परियार, हिमाल गुरुङ र रमा बहादुर खवास रहेका छन्।



