Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए कुवेत उपाध्यक्ष तामाङ महिला ओसारपसारमा संलग्न भएको खुलासा

एनआरएनए कुवेत उपाध्यक्ष तामाङ महिला ओसारपसारमा संलग्न भएको खुलासा

बिहिवार, बैशाख २७ २०८१
  • काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कुवेतकी महिला उपाध्यक्ष रमिता तामाङ महिला ओसारपसारमा संलग्न भएको खुलासा भएको छ । उनले गैरकानुनी बाटो हुँदै एक नेपाली महिलालाई कुवेत पु¥याएपछि उनीद्वारा संचालित धन्दाको खुलासा भएको हो ।

    उनले गैरकानूनी माध्यमबाट सल्यान कपुरकोट गाउँपालिका–४ गाडापानी घर भएकी एक महिलालाई गैरकानुनी बाटो प्रयोग गर्दै एक कुवेती नागरिकको घरमा घरेलु कामदारका रूपमा काम लगाएकी थिइन् । ती महिलालाई साहूले कामबाट निकालेपछि उनले आफू अन्याय र समस्यामा परेको भन्दै सामाजिक सञ्जाल मार्फत उनले भिडियो सार्वजनिक गर्नुका साथै विभिन्न संघसंस्थालाई हारगुहार समेत गरेकी छिन् । 

    images

    उनले भिडियोमा आफूलाई कुनै काम नदिइएको, पासपोर्ट र हवाई टिकट पनि दिन्न भनेको साथै कोठाबाट समेत निकालिदिएकोले आफू बिचल्लीमा परेको भिडियोमार्फत बताएकी छिन् । 

    एनआरएनए कुवेतकी महिला उपाध्यक्ष रमिता तामाङले पनि आफूले ती महिलालाई कुवेत ल्याएको स्वीकार गर्दैै भिसा रद्द गरेर यथाशीघ्र नेपाल पठाउन आफूले पहलकदमी लिएको उनले बताइन् । तामाङले ती महिलाले मालिकसँग विवाद गरेकोले कामबाट निकालिनु परेको बताउँदै ती महिलाले भिडियोमा भने जस्तो नभएको दावी गरिन् । एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामाले तामाङले यसअघिको कार्यकालमा महिला संयोजक रहेका बेला राम्रो काम गरेकै कारण यस कार्यकालका लागि महिला उपाध्यक्ष बनाएको बताए । 

    गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा खाडी मुलुकव पुगेर साहुको कुटपिट यातना सहन नसकेर तत्काल भागेर वा मालिककै घरमा बसेर हारगुहार गर्ने नेपाली महिलाको संख्या ठूलै रहेको छ । दलालले एयरपोर्टमा सेटिङ मिलाएर र भारतको बाटो हुँदै जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा ठूलो संख्यामा  नेपाली महिला कामदार पठाउने क्रम बढ्दो छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार