काठमाडौं ः आफ्नो संघलाई संघीय संरचनामा लानको निम्ति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आवश्यक प्रक्रिया अघि बढाएको छ । यसको निम्ति संघले विधान संशोधनको निम्ति अध्ययन गरी प्रतिवेदन तयार गर्न महासचिव मेघनाथ भुर्तेलको संयोजकत्वमा समिति समेत गठन गरिसकेको छ ।
संघलाई संघीय संरचनामा लाने र महासंघ बनाउने, व्यवसायी भलाइ कोष सञ्चालन गर्नुका साथै संघ कार्यसमितिको कार्यकाललाई २ वर्षबाट एक वर्ष थप गरी तीन वर्ष पु¥याउने लगायतका विषयमा गृहकार्य सुरु गरिएको जानकारी प्राप्त भएको छ ।
संघको विधान संशोधनका लागि यसअघि भएका प्रयासहरु सफल हुन सकेको थिएन । यसपटकको विधान संशोधनका लागि भने विधानको मस्यौदा तयार भएपछि सबै व्यवसायीलाई इमेलमार्फत पठाएर राय सुझाव लिइ अन्तिम रूप दिइने भएको छ ।



