काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले नेपालमा वैधानिक माध्यमबाट रकम पठाउन आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै राजदूतावासले इजरायलस्थित विभिन्न सहरहरूमा रोजगार गरिरहेका नेपालीलाई वैधानिक माध्यमबाट नेपाल रकम पठाउन आग्रह गरेको हो ।
राजदूतावासले वैधानिक माध्यमहरू हुँदाहुँदै केहीले अवैधानिक माध्यमहरूबाट नेपाल रकम पठाउने गरेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
राजदूतावासले भनेको छ, ‘इजरायलमा विभिन्न रोजगार गरी बस्नु भएका नेपाली समुदायहरूलाई आफ्नो परिश्रमको कमाई उचित वैधानिक माध्यमबाट आफ्नो देश पठाई विभिन्न खाले जोखिमहरूबाट टाढा रहन र हुण्डी कारोबारहरूबाट सिर्जित व्यक्तिगत लेनदेनका विषयहरूमा दूतावासमा नियमित जस्तो गुनासाहरू आइरहेको हुँदा कुनै पनि बिचौलियाहरूको मिठो बोली र क्षणिक विश्वासमा नपर्न हुन सबै प्रवासी नेपालीहरूमा यस राजदूतावास विशेष अनुरोध गर्दछ ।’



