Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बढ्यो विदेशी लगानी प्रतिबद्धता

बढ्यो विदेशी लगानी प्रतिबद्धता

आइतवार, मंसिर २ २०८१
  • वैदेशिक लगानीको प्रतिबद्धता १० प्रतिशतले बढेको छ। उद्योग विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु वर्षमा बढेको हो।

    गत वर्ष साउन, भदौ, असोज र कात्तिक महिना गरी १५ अर्ब ४२ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको थियो। यो वर्ष सोही अवधिमा १७ अर्ब तीन करोड रूपैयाँको प्रतिबद्धता आएको छ।

    images

    समग्र चार महिनामा प्रतिबद्धता बढे पनि कात्तिकमा भने घटेको छ। गत वर्ष कात्तिक महिनामा मात्रै तीन अर्ब ३० करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको थियो। यो वर्ष भने दुई अर्ब रूपैयाँको आएको छ।

    कात्तिक महिनामा ३३ वटा साना लगानीका र एउटा मध्यम लगानीको उद्योगको लागि लगानी स्वीकृत दिइएको छ।

    चार महिनाको अवधिमा भने १२८ साना, एउटा मध्यम र दुई वटा ठूला उद्योगको लागि वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत भएको उद्योग विभागले जनाएको छ।

    अटोमेटिक रूटबाट (मानिसको उपस्थिति बिना) एक अर्ब एक करोड रूपैयाँ बराबरको लगानीको लागि स्वीकृत दिइएको छ।

    जसमध्ये दुई वटा उत्पादनमूलक उद्योगको लागि सात करोड ५० लाख रूपैयाँ, नौ वटा पर्यटनमूलक उद्योगको लागि ३२ करोड रूपैयाँ, पाँचवटा सेवामूलक उद्योगको लागि २८ करोड रूपैयाँ, दुई वटा सूचनामूलक उद्योगको लागि चार करोड रूपैयाँ लगानीको प्रतिबद्धता गरिएको छ।

    त्यस्तै ५५ वटा सूचनामूलक उद्योगको लागि २९ करोड ८५ लाख रूपैयाँ लगानी प्रतिबद्धता अटोमेटिक रूटबाट गरिएको उद्योग विभागले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार