Oct 28 2026 | २०८३ कार्तिक १२ गते

साउदीमा अपराधीलाई पक्राउ गर्दा हतकडी लगाउन नपाउने

साउदीमा अपराधीलाई पक्राउ गर्दा हतकडी लगाउन नपाउने

मंगलवार, बैशाख २५ २०८१
  • काठमाडौं । साउदी अरेबियाले संदिग्ध व्यक्तिलाई हथकडी लगाउन प्रतिबन्ध लगाएको छ । साउदी अरेबियाले न्याय प्रणालीमा संशोधन गर्दै संदिग्ध व्यक्तिहरूलाई खतरनाक नदेखिएसम्म पक्राउ गर्दा हतकडी लगाउन नपाउने व्यवस्था गरेको हो ।

    साउदी अखबार अल मदिनाहका अनुसार अभियुक्तलाई आफूलाई वा अरूका लागि खतरा भएको मानिने अवस्थामा बाहेक हतकडी लगाउन प्रतिबन्ध लगाउने प्रक्रियागत कानुनको कार्यकारी नियमहरूमा संशोधन गर्न सर्वोच्च एजेन्सीहरूद्वारा स्वीकृति दिइएको छ ।

    images

    यस सम्बन्धमा अभियुक्तको अधिकारको रक्षा गर्ने फौजदारी कार्यविधि कानुनको कार्यकारी नियमावलीको दफा २१ मा सो धारामा अनुच्छेद थपेर संशोधन गरिएको हो । संशोधनअनुसार अभियुक्तले आफूलाई वा अरूलाई हानी पु¥याउन वा हिरासतबाट भाग्ने प्रयास नगरेसम्म पक्राउ गर्दा हतकडी लगाउन पाइनेछैन ।

    व्यक्तिलाई हतकडी लगाउने फौजदारी अनुसन्धान अधिकारीहरूको विवेकाधिकारको अध्ययन गरेपछि र त्यस शक्तिलाई वारेन्टी भएका विशेष मुद्दाहरूमा सीमित राखेर संशोधन गरिएको स्रोतले बताएको छ ।

    यस सम्बन्धमा सक्षम अधिकारीहरूले तयार पारेको कार्यविवरण र सिफारिसहरूको समीक्षा गरेपछि यस्तो निर्णय गरिएको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ । अबदेखि साउदीमा कानुन उल्लंघन गरी भागेर पक्राउ पर्दा नेपालीसहित अन्य मुलुकका आप्रवासी कामदारलाई पनि हतकडी लगाउन पाइनेछैन ।

    हालैका वर्षहरूमा साउदी अरेबियाले राजा सलमान बिन अब्दुल अजिज र क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा मुलुकमा नाटकीय परिवर्तनहरूको भागका रूपमा आफ्नो न्याय प्रणाली सुधार गर्न खोजेका बताइएको छ । साउदीमा हरेक साता कानुन उल्लंघन गर्ने हजारौं आप्रवासी कामदार पक्राउ पर्दै आएका छन् ।

    गत साता मात्र १९ हजार आप्रवासी कामदार पक्राउ परेका थिए । पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गरिनेछ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार