Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारी

हवाई भाडामा अस्वाभाविक वृद्धि, वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा !

हवाई भाडामा अस्वाभाविक वृद्धि, वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा !

आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौं । हवाई भाडामा वृद्धि भएसँगै नेपालबाट विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जोन श्रमिकहरू मारमा परेका छन्।

    अस्वाभाविक हवाई कम्पनीको भाडा वृद्धिले मध्यपूर्वका देशहरू लगायत मलेशिया जाने नेपाली श्रमिकहरु थप आर्थिकको चपेटामा परेका हुन्।

    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पूर्वाधार विस्तार तथा निर्माण कार्यका लागि भन्दै शुक्रबार रातिदेखि लागू हुने गरी व्यावसायिक उडान कटौती गरेपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएर दोब्बर–तेब्बर पुर्‍याएका थिए । राति १० बजेदेखि बिहान ८ बजेसम्म रोक लगाइँदा अन्तर्राष्ट्रिय र आन्तरिक उडान ३० प्रतिशतले कटौती भएको छ ।  जसको कारण अस्वाभाविक रूपमा हवाई भाडा दरमा वृद्धि भएको हो ।

    उडान कटौतीको नियम चैत १८ सम्मका लागि लागू गरिएको हो ।

    यस अघि मध्यपूर्वका देशहरू लगायत मलेशिया उडानका लागि हवाई कम्पनीहरूले ३० देखि ३५ हजारमा टिकट उपलब्ध गराउँदै आएका थिए। तर पछिल्लो समय विमानस्थल निर्माणका कारण विदेशी हवाई कम्पनीको उडानमा कमी आउँदा अहिले यो भाडादर बढेर ७० देखि ९० हजारसम्म पुगेको छ।

    वैदेशिक रोजगारीका लागि नेपालीहरूको प्रमुख गन्तव्य देश मानिने दुबईको हालको हवाई भाडादर ८० हजार भन्दा माथी पुगेको छ । जबकी यस अघि काठमाडौंदेखि दुबईसम्मको हवाई भाडा ३० देखि ३५ हजारको हाराहारीमा थियो ।

    त्यस्तै ४० देखि ४५ हजारमात्रै रहेको साउदी अरबको भाडादर अहिले बढेर ८० हजार पुगेको छ, भने मलेसियाको ३५ हजारबाट बढेर ६५ हजार पुगेको छ। यस्तै कुवेतको पहिलेको भाडादर ४५ हजार रहेकोमा अहिले  १ लाख पुगेको छ, भने कतार ३५/४० भाडादर रहेकोमा अहिले ८० हजार पुगेको छ।

    काठमाडौंदेखि दिल्लीसम्मको अवाई भाडा १० देखि १५ हजार रहेकोमा अहिल बढेर ४० हजार पुगेको छ ।

    भाडा वृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मर्कामा परेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले शुक्रबार परराष्ट्रमन्त्री आरजु राणा देउवा, श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिहरुसँगे हवाई भाडा वृद्धिका बारेमा छलफल गरेका थिए।

    सो क्रममा वैदेशिक रोजगारीमा जानेहरुका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्नेलगायतका विषयमा छलफल भएको थियो।

    छलफलकै क्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले हवाई टिकटमा कटौती हुँदा सबैभन्दा बढी सरकारलाई नै घाटा भएको उल्लेख गर्दै उनले पर्यटनमन्त्रीको अध्यक्षतामा पुनः बैठक बसेर समस्या टुंग्याउने र तत्काल यात्रुहरुलाई मध्यनजर गर्दै दिल्लीबाट उडान भर्नका लागि दूतावासमार्फत पहल गर्नका लागि अनुरोध गरेको बताएकी थिइन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार