Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु

अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु

आइतवार, बैशाख २३ २०८१
  • काठमाडौं । अष्ट्रेलियाको पर्थमा चक्कुले आक्रमण गर्ने एक नाबालिगको प्रहरीको गोलीमा मृत्यु भएको छ ।

    गोली लाग्नुअघि नाबालिगले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

    images

    प्रहरीले शनिबार राति अबेरसम्म एक व्यक्तिले चक्कु प्रहार गरी सामान्य क्षति पुर्याएको जानकारी प्राप्त भएको जनाएको छ ।

    नाबालिगको उमेर १६ वर्ष थियो । उनलाई रोक्न गोली चलाइएको प्रहरीले जनाएको छ । गोली लागेर नाबालिगलाई अस्पताल लगिए पनि बचाउन सकिएन ।

    पछिल्लो समय अष्ट्रेलियामा चक्कु सम्बन्धी अपराधमा बृद्धि भएको छ । गत महिना सिड्नीमा क्रिस्चियन धर्मगुरुमाथि पनि चक्कु प्रहार भएको थियो ।

    यसअघि पनि सिड्नीको एउटा सपिङ मलमा महिला र बालबालिकालाई चक्कुले निशाना बनाएको घटना भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार