Nov 08 2026 | २०८३ कार्तिक २३ गते

युएई र साउदीका लागि काउन्सिलर र श्रम सहचारी नियुक्त

युएई र साउदीका लागि काउन्सिलर र श्रम सहचारी नियुक्त

बैदेशिक रोजगार पोस्ट
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युएई र  साउदी अरेबियाका लागि काउन्सिलर (श्रम) तथा कतार र बहराइनका लागि श्रम सहचारी नियुक्त गरेको छ ।

    साउदी अरेबियाको काउन्सिलर (श्रम) मा उपसचिव तथा मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेती नियुक्त भएका छन् । त्यस्तै युएईका लागि दीपेन्द्र पौडेल नियुक्त भएका छन् 

    images

    उपसचिव मैयाँ कँडेल काउन्सिलर (श्रम) प्रतीक्षा सूचीमा परेकी छन् । मन्त्रालयले काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ बमोजिम मूल्याङ्कन गर्दै नियुक्त गरेको हो ।

    त्यस्तै कतारको श्रम सहचारीमा शाखा अधिकृत प्रेम प्रसाद पोखरेल र बहराइन मनामाका लागि शाखा अधिकृत सुनिता थापा नियुक्त भएका छन् । शाखा अधिकृत विकास कुमार रजक प्रतीक्षा सूचीमा छन् ।

    हाल युएईमा दीनबन्धु सुवेदी, साउदी अरेबियामा देवेन्द्र कार्की काउन्सिलर (श्रम) छन् । बहराइनमा जमुना काफ्ले तथा कतारमा कृष्ण पौडेल श्रम सहचारीको रूपमा कार्यरत छन् ।

    मन्त्रालयले दक्षिण कोरिया, कतार र मलेसियाका लागि काउन्सिलर श्रम र नेपाली दूतावास अबुधाबी, नेपाली महावाणिज्य दूतावास साउदी जेद्दा, नेपाली दूतावास मलेसिया तथा ओमानका लागि श्रम सहचारी नियुक्ति प्रक्रिया जारी राखेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार