काठमाडौं । नेकपा एमालेको उद्योग व्यवसाय विशेष जिल्ला कमिटी अन्तर्गत वैदेशिक रोजगार इलाका कमिटीको छैटौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशन नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यको प्रमुख आतिथ्यता र नेकपा एमाले केन्द्रीय सदस्य तथा उद्योग व्यवसाय विशेष जिल्ला कमिटी इन्चार्ज बालिका गिरीको आतिथ्यतामा हिजो शुक्रबार सम्पन्न भएको हो । अधिवेशनबाट अध्यक्षमा शिवहरि मैनाली चुनिएका छन् ।
अधिवेशनबाट चुनिएका अन्य पदाधिकारी र सदस्यहरुमा उपाध्यक्षमा सरिता घले, सचिवमा विकास बस्नेत, उपसचिवमा लोकमणि लिम्बू, लेखा अध्यक्षमा मदन पौडेल र सदस्यहरुमा रामसली लामा, अर्जुन विश्वकर्मा, शिवराम ढकाल, रुद्र बहादुर लिम्बू, धनमाया सिन्जाली, विनोद खनाल, चन्द्रमणि अधिकारी, मदन चौलागाईं र जनक पौडेल रहेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनमा आवद्ध व्यवसायीहरूलाई समेत समेटेर वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग गठन गरेका छन् । विभागको प्रमुखमा पार्टी के.स. प्रकाश रसाइली रहेका छन् ।
विभागको सदस्यहरूमा नवीन शेरचन– अमेरिका, राजेन्द्र अधिकारी–लमजुङ, चित्रबहादुर केसी–यूएई, हिरादेवी बुढाथोकी काठमाडौं, सञ्जय पनेरू– गोरखा, जयश बोहोरा–मोरङ, महेश बस्नेत– उदयपुर, सुजित श्रेष्ठ–झापा, दीपक थापा–याङ्जा र देवकुमार खोखाली–सिन्धुपाल्चोक, रहेका छन् ।



