Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकका लागि आजदेखि निःशुल्क रेमिट डिम्याट खाता

वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकका लागि आजदेखि निःशुल्क रेमिट डिम्याट खाता

शुक्रवार, बैशाख २१ २०८१
  • काठमाडौं । सन सेक्युरिटिजले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरूका लागि आजदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । यस खाताको माध्यमबाट विदेशमा बस्ने सम्पूर्ण नेपालीहरूलाई नेपाली पुँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो सेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

    यसका सथै आजीवन निःशुल्क सञ्चालन गरी कारोबार गर्ने कार्यको लागि सहजीकरण गर्र्ने कम्पनीको विश्वास रहेको छ । यस सेवाको मद्धतबाट विदेशमा रहेर आफ्नो पेसाबाट प्राप्त भएको रकम नेपालको पुँजीबजारमा लगानी गर्न सहयोग पुगोस् भनेर सन सेक्युरिटिजले यो सेवाको सुरुआत गरेको हो ।

    images

    सनको 'मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता' को अभियानलाई सार्थकता दिने क्रममा विदेशमा रहेका नेपालीहरूका लागि सञ्चालन गरेको यो रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेसामा आबद्ध नेपालीहरूले समेत खोल्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीको वेबसाइटमा भएको ओपन अकाउन्टमा गएर आइडी बनाउन सकिनेछ ।

    कम्पनीले निकट भविष्यमै यस प्रोडक्टमा आबद्ध हुने ग्राहकहरूका लागि बैंक वित्तीय संस्थासँगको सहकार्यमा बैंक खाता, सी–आस्बा रजिस्ट्रेसन तथा कनेक्ट आईपीएस समेत प्रदान गर्ने उद्देश्यले तयारी गरिरहेको कम्पनीले जनाएको छ । जसबाट ग्राहकहरूले एकद्वारबाटै पुँजी बजारमा सहभागिताका लागि आवश्यक सबै सेवा प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ । 

    यस रेमिट डिम्याट खाताको माध्यमबाट परदेशमा रहेर नेपालको पुँजी बजारमा उचित ढंगबाट लगानी गर्न सके विदेशमा बस्दा कमाएको स–सानो बचतबाट भविष्यमा उनीहरूको आर्थिक आत्मनिर्भरता र आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास कम्पनी गरेको छ । यस सेवासँग आबद्ध हुने क्रममा कुनै पनि जिज्ञासा वा समस्या रहेमा कम्पनीले ग्राहक सेवाका लागि कम्पनीको फेसबुक पेजको मेसेजबाट भाइबर नम्बर ९७६७२३३००० बाट पनि जानकारी लिन सकिनेछ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार