Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अर्थमन्त्री पौडेल वासिङ्टन डिसीमा

अर्थमन्त्री पौडेल वासिङ्टन डिसीमा

बुधवार, कार्तिक ७ २०८१
  • वासिङ्टन, डिसी । अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन वासिङ्टन, डिसी आइपुगेका छन् ।

    उनलाई डलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।

    images

    मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

    उनले अमेरिकी उद्यमी-व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार