Oct 28 2026 | २०८३ कार्तिक १२ गते

माल्टामा कार्यरत नेपालीको पासपोर्ट नवीकरण नहुँदा समस्या

माल्टामा कार्यरत नेपालीको पासपोर्ट नवीकरण नहुँदा समस्या

आइतवार, कार्तिक ४ २०८१
  • काठमाडौँ ।  माल्टामा कार्यरत नेपालीहरूको पासपोर्ट नवीकरण हुन नसक्दा समस्यामा परेका छन् । परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरण नगर्दा त्यहाँ कार्यरत नेपालीहरू समस्यामा परेका हुन् ।

    पासपोर्ट नवीकरणलगायतका सेवाका लागि घुम्ती टोली पठाउन मन्त्रालयलाई आग्रह गरिएपनि हालसम्म समस्याको समाधान हुन नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिए ।

    images

    उनका अनुसार माल्टाको अस्थायी आवासीय परिचय पाउनका लागि हरेक वर्ष नवीकरण गराउनुपर्ने हुन्छ । यसरी नवीकरणका लागि पासपोर्टको म्याद ८ महिना बाँकी हुनैपर्ने हुन्छ । तर, नवीकरण गराउन नपाउँदा करिब २०० जना अवैधको हैसियतमा रहनुपरिसकेको उनले बताए । सरकारले समयमा आवश्यक व्यवस्था नगरिदिए कैयन नेपालीलाई समस्या पर्ने  उनको भनाइ छ ।

    माल्टालाई नेपाली दूतावास स्पेनले हेर्दै आएको छ । तर, त्यहाँ जनशक्तिलगायतका समस्या रहेकाले तत्काल विभागबाटै टोली खटाइनुपर्ने सरकारी अधिकारीहरू बताँउछन् ।

    माल्टामा ५ वर्ष काम गरेर बसेपछि अस्थायी आवसायीय सुविधा हुने भएपनि हरेक वर्ष कार्ड रिन्यु गर्नुपर्ने नियम छ । हाल माल्टामा करिब १० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको बताइएको छ ।

    गत सेप्टेम्बर पहिलो साता एनआरएनए माल्टाले राहदानी विभागबाट घुम्ती टोली पठाइदिन परराष्ट्रमन्त्री आरजु राणा देउवासमक्ष आग्रह गर्दै पत्राचार गरेको थियो । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार