Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मलेसियाले श्रमिकको न्यूनतम तलब बढाएर पुर्‍यायो १७०० रिंगेट

मलेसियाले श्रमिकको न्यूनतम तलब बढाएर पुर्‍यायो १७०० रिंगेट

शनिवार, कार्तिक ३ २०८१
  • मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ।आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुने गरी पारिश्रमिक बढाउने घोषणा गरेको हो। हाल श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट छ।

    आगामी वर्षका लागि बजेट भाषण गर्दै मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले न्यूनतम पारिश्रमिक २०० रिंगेटले बढाउने घोषणा गरेका हुन्।

    images

    पाँचभन्दा कम कामदार भएका कम्पनी तथा उद्योगका लागि भने नयाँ पारिश्रमिक केही समय पछिदेखि लागू हुनेछ। यस्ता कम्पनी तथा उद्योगमा आगामी १ अगस्ट २०२५ देखि लागू हुने उनको भनाइ छ।

    औद्योगिक तथा उत्पादन प्राविधिकहरूको न्यूनतम तलब भने यसअघि नै दुई हजार २९० रिंगेट छ। मेकानिकल इन्जिनियरको तलब तीन हजार ३८० र क्रियटिभ कन्टेन्ट डिजाइनरको दुई हजार ९८५ रिंगेट तलब छ।

    मलेसिया नेपाली श्रमिकहरूको प्रमुख आकर्षक गन्तव्य मुलुक हो। मलेसियाले तलब बढाउँदा यसको फाइदा नेपाली श्रमिकहरूका लागि पनि हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार