Oct 28 2026 | २०८३ कार्तिक १२ गते

१ महिनामा १७ हजार नेपाली कामदार यूएई गए

१ महिनामा १७ हजार नेपाली कामदार यूएई गए

शुक्रवार, कार्तिक २ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि सयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपालीको संख्या बढेको पाइएको छ ।

    वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मानिने देश यूएईमा गत असोज महिनामा १७ हजार नेपाली कामदारहरू गएका हुन् । यो संख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    images

    यसैगरी दोस्रो मूख्य गन्तब्यको रुपमा साउदी अरेबिया रहेको छ । असोजमा साउदीमा १० हजार जना गएका छन् । कतारमा ९ हजार ७ सय, कुवेतमा ३ हजार ८ सय जना नेपाली रोजगारीका लागि गएका विभागको तथ्याङ्क उल्लेख छ ।

    यस्तै गरी युरोपेली देश रोमानियामा २२ सय, क्रोएसियामा ७८३, साइप्रसमा ४८५ जना रोजगारीका लागि गएका छन् । त्यस्तै जापानमा १ हजार ४५६ र दक्षिण कोरियामा १ हजार १०६ श्रमिक रोजगारीको खोजीमा गएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार