Oct 28 2026 | २०८३ कार्तिक १२ गते

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ

शुक्रवार, कार्तिक २ २०८१
  • काठमाडौं । मध्यपुरथिमि नगरपालिका नगरपालिका-९ राधेराधेबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले रौतहटको गजुरा नगरपालिका-४ घर भई हाल काठमाडौँ महानगरपालिका-७ रातोपुल बस्ने ३७ वर्षीय शशिकान्त चौलागाईंलाई आज पक्राउ गरेको हो ।

    images

    पक्राउ परेका चौलागाईंको साथबाट स्रोत नखुलेको रु आठ लाख ५० हजार, विभिन्न बैंकको एटिएम र अन्य सामान बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार