Oct 28 2026 | २०८३ कार्तिक १२ गते

चाडपर्वमा पनि घटेन विदेश जानेहरूको लर्को, असोजमा ५३ हजार विदेशिए

चाडपर्वमा पनि घटेन विदेश जानेहरूको लर्को, असोजमा ५३ हजार विदेशिए

शुक्रवार, कार्तिक २ २०८१
  • काठमाडौं । नेपालीहरूको महान पर्व वडादशैंमा पनि वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीको संख्या खासै घटेन । विदेश जानेहरूको संख्या अघिल्ला महिनाजस्तै यथावत् देखिएको छ ।

    दशैं पर्व परेका कारण असोज महिनामा विदेश जाने नेपालीको संख्या भदौको तुलनामा केही घटेको छ । तर उल्लेख्य संख्यामा घटेको छैन ।

    images

    वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला गरी कुल ५३ हजार ५२५ नेपाली रोजगारीका लागि विदेश गएका छन् ।

    असोजमा म्यानपावर कम्पनी मार्फत २४ हजार  ३ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगत नयाँ ८ हजार ९ सय ३८ जनाले श्रम स्वीकृति लिएका छन् । पुनः श्रम स्वीकृति लिनेहरु भने १९ हजार ३ सय ५६ जना रहेका छन् ।

    गत साउनमा ६० हजार र भदौमा ५७ हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार