Oct 30 2026 | २०८३ कार्तिक १४ गते

विदेशी मुद्राको सञ्चिति साढे २१ खर्बभन्दा माथि, १६.८ महिनाको आयात धान्ने

विदेशी मुद्राको सञ्चिति साढे २१ खर्बभन्दा माथि, १६.८ महिनाको आयात धान्ने

बुधवार, आश्विन ३० २०८१
  • काठमाडौँ । नेपालसँग भएको विदेशी मुद्राको सञ्चिति साढे २१ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार भदौ मसान्तसम्म यस्तो सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो । दुई महिनाअघि असार मसान्तमा विदेशी मुद्राको सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो ।

    यसमध्ये नेपाल राष्ट्र बैंकसँग १९ खर्ब २८ अर्ब ९९ करोड पुगेको र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

    images

    यो सञ्चितिले १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको आयातलाई आधार मानेर यस्तो अनुमान गरिएको हो ।

    यो सञ्चिति कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातसँग क्रमशः ३७.७ प्रतिशत, ११४.४ प्रतिशत र ३०.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार