Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अन्तर्राष्ट्रिय

अमेरिकामा आँधीका कारण ठूलो परिणाममा क्षति

अमेरिकामा आँधीका कारण ठूलो परिणाममा क्षति

बिहिवार, आश्विन २४ २०८१
  • मिल्टन आँधीका कारण अमेरिकाको फ्लोरिडाको स्थिति नाजुक बनेको छ ।

    अधिकारीहरूले यो आँधी घातक साबित हुनसक्ने र तीव्र हावाले अचानक बाढी पनि निम्त्याउन सक्ने चेतावनी दिएका छन् । 

    images

    अमेरिकी राष्ट्रिय तुफान केन्द्रका अनुसार उत्तरी एट्लान्टिकमा हालैका वर्षमा आएको यो सबैभन्दा शक्तिशाली आँधी हो ।

    बीबीसीका अनुसार आँधीका कारण १६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । फ्लोरिडाका २० लाखभन्दा बढी घर र पसल विद्युतविहीन भएका छन् ।

    आँधीले तटीय क्षेत्रमा पुग्नुअघि नै करिब १२५ घरमा क्षति पुगेको थियो। तर तीमध्ये अधिकांश अस्थायी घर थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार