Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अन्तर्राष्ट्रिय

अमेरिकामा दशकौंयताकै ठूलो विपत्ति : फ्लोरिडाको तटीय क्षेत्रमा भागाभाग, ज्यान जोगाउन बाइडेनको आग्रह

अमेरिकामा दशकौंयताकै ठूलो विपत्ति : फ्लोरिडाको तटीय क्षेत्रमा भागाभाग, ज्यान जोगाउन बाइडेनको आग्रह

बुधवार, आश्विन २३ २०८१
  • अमेरिकाको फ्लोरिडामा ‘मिल्टन’ नामको शक्तिशाली आँधीले आतंक फैलिएको छ ।

    फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ अघि बढिरहेको मिल्टन अझै शक्तिशाली बनेको र आज (बुधबार) राति पूर्ण शक्तिका साथ जमिनमा बज्रिने अनुमान गरिएको छ । 

    images

    बीबीसीका अनुसार अमेरिकी मौसमविद्हरूले पाँचौँ श्रेणीको शक्तिशाली आँधी भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली आँधी यसअघि कहिल्यै नआएको बताएका छन् । 

    सम्भवतः यो शताब्दीकै शक्तिशाली आँधी हुनसक्ने अनुमान गरिएको छ । यसको सबैभन्दा बढी प्रभाव फ्लोरिडामा पर्ने भएकाले त्यहाँ आपत्‌काल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ । 

    आँधीकै कारण बुधबारका लागि निर्धारित १ हजार ५०० उडान रद्द गरिएको छ । राष्ट्रपति जो बाइडेनले आँधीबाट प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।  

    प्रभावति क्षेत्रका नागरिकलाई ज्यानको सुरक्षा गर्न अपिल गर्दै बाइडेनले भनेका छन्, ‘यो जीवन र मरणको सवाल हो । यो फ्लोरिडामा आएको शताब्दीकै सबैभन्दा भयंकर आँधी हुनसक्छ ।’ 

    यस आँधीको सबैभन्दा बढी असर फ्लोरिडामा पर्ने अमेरिकी मौसमविद्हरूले बताएका छन् । यसै कारण फ्लोरिडा प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ ।

    यस आँधीले फ्लोरिडाको बाक्लो बस्ती भएको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याउनसक्ने र १० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । केही दिन अघिमात्रै अमेरिकामा आएको हेलेन आँधीले २०० जनाभन्दा बढीको ज्यान लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार