संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–१ लेब्राङ घर भइ अहिले अमेरिकामा सफल व्यवसाय संचालन गरिरहेका मनीष र महेश श्रेष्ठले आफ्नै गाउँको नाममा पट्रोलपम्प र फूडमार्ट संचालनमा ल्याएका छन् ।
उनीहरुले अमेरिकाको इण्डियाना र केन्टकी स्टेटमा संखुवासभाको सभापोखरी गाउँपालिका साबिकको धुपु गाविस–१ स्थित आफ्नै लेब्राङ गाउँको नामबाट पेट्रोलपम्प र फूडमार्ट संचालनमा ल्याएका हुन् ।
अमेरिका पुगेपछि व्यवसायमा संलग्न भएका उनीहरुले हाल अमेरिकामा १९ करोडको लगानीमा त्यहाँ विभिन्न्न व्यवसाय संचालनमा ल्याएका छन् । ‘व्यवसाय संचालन गर्नु आर्थिक उपार्जनको माध्यम त हो नै, उद्यमी बन्ने प्रेरणा आफूभन्दा तल्लो पुस्तालाई दिनु पनि हो ।’ व्यवसायी मनीष श्रेष्ठले बताए ।



