Oct 28 2026 | २०८३ कार्तिक १२ गते

स्वेदेशी उत्पादन

‘नेपाल सिङगिङ बाउल संघ’को प्रथम वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा नरेन्द्र लामा चयन

‘नेपाल सिङगिङ बाउल संघ’को प्रथम वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा नरेन्द्र लामा चयन

शुक्रवार, आश्विन १८ २०८१
  • काठमाडौं । ‘नेपाल सिङगिङ बाउल संघ’को प्रथम वार्षिक साधारणसभा सम्पन भएको छ । हिजो (बिहीबार) ठमेलस्थित मित्र क्याफेमा संघको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको हो । 

    वाल वर्माचार्य ‘मञ्जु घोस’ को प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नरेन्द्र लामाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसअन्तर्रगत उपाध्यक्षमा हरिबहादुर कार्की, सचिवमा बालकृष्ण सुवेदी र कोषाध्यक्षमा अर्थमान लामा चयन भएका छन् । यसैगरी सदस्यहरूमा सुजन पौडेंल, अरूण लामा, बबिन्द्रसिंह तामाङ, विजय तामाङ र बिबेन्द्र तामाङ रहेका छन् । 

    images

    कार्यक्रममा नवनियुक्त अध्यक्ष नरेन्द्र लामाले नेपालमा उत्पादित ‘सिङगिङ बाउल’लाई विश्व बजारमा निर्यात गरि देशको अर्थतन्त्रलाई टेवा पुर्याउने लक्ष्य रहेको बताए । उनले आफ्नै देशमा ‘सिङगिङ बाउल’ प्रर्याप्त उत्पादन गर्नसके धेरै युवाहरूलाई रोजगार मिल्ने समेत बताए । ‘सिङगिङ बाउल’ उत्पादन गर्न कच्चा पदार्थ भारतबाट आयत गर्नुपर्ने भएकोले भन्सारमा धेरै कर तिर्नुपर्छ । लामाले भने, ‘जसका कारण उत्पादन कम, मूल्य धेरै हुन्छ र बजारमा प्रतिस्पर्धा गर्न सहज हुँदैन ।’ 

    यो क्षेत्रमा आफू ३० वर्षदेखि लागेको बताउँदै अध्यक्ष लामाले ‘सिङगिङ बाउल’ उत्पादनका लागि सरकारले सहज वातावरण बनाइ दिए अझैँ अगाडि बढ्ने विश्वास व्यक्त गरे । उत्पादनको लागि कच्चा पदार्थमा भन्सार कर सहुलियत, सहज र सरल बैकिङलगायत लगानीमा सरकारले सहजीकरण गरे नेपालको उत्पादन विश्व बजारमा पुग्ने लामाको भनाइ छ ।

    s2.jfif

    नेपालमा ‘सिङगिङ बाउल’ उत्पादन गर्न निकै कठिन भएको बताउँदै संघका उपाध्यक्ष हरिबहादुर कार्कीले ‘सिङगिङ बाउल’ बनाउनकै लागि भारतको ब्याङ्लोरबाट कालिगढ ल्याउनुपर्ने बताए । उनले ‘सिङगिङ बाउल’ विश्वको ३० भन्दा घेरै बौद्ध धर्मालम्बी भएका देशहरूमा निर्यात गरिएको समेत बताए । ‘सिङगिङ बाउल’ ह्यामरिङ् र मेसिनको प्रयोग गरेर बनाउन सकिने बताउँदै उपाध्यक्ष कार्कीले आगामी दिनमा थप मेहनतका साथ नेपाली कालिगढमार्फत ‘सिङगिङ बाउल’ उत्पादन गरि विश्व बजारमा पठाइने दाबी गरे । उनले ८० प्रतिशत उक्त बाउल चीन आयात हुने बताए । 

    कार्यक्रममा अधिवक्ता भरतचन्द्र अर्याल, व्यवसायीहरू माधव धिमिरे, मणी लामा, भीमबहादुर परियार, सञ्जय लामा, विपिन अमात्य र सुनिल लामाको विशेष उपस्थिति रहेको थियो । ठमेलमा रहेको करिब ८०० वर्ष पुरानो मानिने अशोक स्तुपासँगै सञ्चालन गरिएको उक्त कार्यक्रमलाई धार्मिकरूपमा पनि लिन सकिन्छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार