Oct 28 2026 | २०८३ कार्तिक १२ गते

काठमाडौँमा यसरी मनाइयो अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौँमा यसरी मनाइयो अन्तर्राष्ट्रिय श्रमिक दिवस

बुधवार, बैशाख १९ २०८१
  • आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस। काठमाडौँमा र्‍यालीसहित १३५‌औँ श्रमिक दिवस मनाइएको छ।

    ‘नयाँ सामाजिक सम्झौताको लागि सुदृढ लोकतन्त्र, सामाजिक सुरक्षा र मर्यादित रोजगारी सहितको अर्थतन्त्र’ मूल नारा सहित विभिन्न मजदुर संघ संगठनसँग आबद्ध संस्थाले ब्यानरसहित भृकुटीमण्डपबाट र्‍याली निकालेका छन्।

    images

    अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई केही देशमा श्रमिक दिवस त केहीमा मे दिवसका रूपमा पनि चिनिन्छ। अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनद्वारा प्रचारित छ यो दिवस प्रत्येक वर्ष मे १ मा मनाइन्छ। सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ।

    विश्वका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन्।

    नेपालको सन्दर्भमा, विराटनरगमा वि.सं. २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो । यो दिन धेरै देशमा सार्वजनिक बिदा हुने गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार