Oct 28 2026 | २०८३ कार्तिक १२ गते

तस्बिरमा हेर्नुहोस् इजरायलमा इरानको मिसाइल वर्षा

तस्बिरमा हेर्नुहोस् इजरायलमा इरानको मिसाइल वर्षा

बुधवार, आश्विन १६ २०८१
  • -एजेन्सी

    तेल अभिभ । इरानले मंगलबार राति इजरायलतर्फ सयौँ मिसाइल प्रहार गरेको छ । यी मध्ये केही मिसाइलहरू इजरायली क्षेत्रहरूमा खसेका छन्।

    images

    यो वर्ष इजरायलमा इरानको दोस्रो आक्रमण हो। अप्रिलमा पनि इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।

    iran-missile-attack-(14)_M7uMuzFOy8.webp

    इजरायली सेनाका अधिकारीहरूले इरानका यी आक्रमणहरू अब रोकिएको र अहिले कुनै खतरा नरहेको बताएका छन्। तर यस आक्रमणबाट के कति क्षति भयो भन्ने अझै खुल्न सकेको छैन ।

    iran-missile-attack-(12)_A5aENxAIis (1).webp

    इजरायलको विदेश मन्त्रालयले मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल प्रहार गरेको र त्यसमा एक प्यालेस्टाइनीको मृत्यु भएको ट्वीट गरेको छ । इजरायलले यसको एक भिडियो पनि पोस्ट गरेको छ, जसमा एक व्यक्ति सडकमा हिँडिरहेको बेला उनी आक्रमणको चपेटामा परेको देखिन्छ। यो भिडियो इजरायलले कब्जा गरेको वेस्ट बैंकको रहेको बताइएको छ ।

    इजरायलले इरानको शासन विश्व शान्तिका लागि खतरा भएको बताएको छ ।

    इरानको यो आक्रमण कति ठुलो थियो र ?
    यो अप्रिलमा भएको आक्रमणको तुलनामा केही ठुलो आक्रमण हो। पाँच महिनाअघि इरानले इजरायलमाथि करिब ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइलहरू प्रहार गरेको थियो।

    इजरायली टिभीमा देखाइएको फुटेजमा स्थानीय समय अनुसार बेलुका ७: ४५ बजे (नेपाली समय अनुसार १०: ३० बजे) भन्दा केही समय अगाडि तेल अभिभ र आसपासका क्षेत्रहरूमा मिसाइलहरू उडिरहेको देखियो।

    iran-missile-attack-(9)_fcsZafTAgV.webp

    सैन्य अधिकारीहरूले आक्रमणको क्रममा केही क्षेप्यास्त्रहरूले उनीहरूको लक्षित लक्ष्यमा प्रहार गर्न सफल भएको पुष्टि गरे । सेनाका प्रवक्ताले आक्रमणहरू इजरायलको मध्य र दक्षिणी भागमा भएको बताएका छन् ।

    इरानको इस्लामिक रेभुलुसनरी गार्ड कोरले आफ्नो सेनाले पहिलो पटक हाइपरसोनिक मिसाइल प्रयोग गरेको र ९० प्रतिशत प्रोजेक्टाइल (मिसाइलरड्रोन) ले सही लक्ष्यमा प्रहार गरेको दाबी गरेको छ।

    स्रोतहरूले इरानको सरकारी मिडियालाई दिएको जानकारी अनुसार आक्रमणको लक्ष्य तीन इजरायली सैन्य आधारहरू थिए। तर इजरायली सेनाले इरानले प्रहार गरेको मिसाइलहरूमध्ये ’ठुलो सङ्ख्यामा’ नष्ट भएको दाबी गरेको छ।

    iran-missile-attack-(10)_ajrDDrAL5h.webp

    तेल अभिभ माथिको आकाशमा चम्किलो प्रकाश देखिएको थियो । जसले इजरायली हवाई सुरक्षा प्रणालीले मिसाइलहरूलाई रोकेको सङ्केत गर्छ।

    इरानले किन इजरायलमाथि आक्रमण गर्‍यो  ?
    इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले एक विज्ञप्तिमा आईआरजीसीका एक शीर्ष कमाण्डर र इरान समर्थित मिलिसिया समूहका नेताहरूको हत्याको जवाफमा आक्रमणहरू गरिएको बताएको छ।

    विज्ञप्तिमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र आईआरजीसी कमाण्डर अब्बास निलफोरोशनको बेरुतमा मृत्यु भएको उल्लेख गरिएको छ।

    iran-missile-attack-(13)_GEm3NSHMZV.webp

    विज्ञप्तिमा जुलाई महिनामा तेहरानमा हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियाको मृत्यु भएको पनि उल्लेख छ। इजरायलले हानियाको मृत्युको जिम्मेवारी लिएको छैन, तर यसको पछाडि इजरायलको हात रहेको विश्वास गरिन्छ।

    एक वरिष्ठ इरानी अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले व्यक्तिगत रूपमा आक्रमणको आदेश दिएको बताए । वास्तवमा, इरानले इजरायलको अस्तित्व स्वीकार गर्दैन। इजरायल इरानको सैन्य नीतिको केन्द्रबिन्दु रहेको छ।

    iran-missile-attack-(2)_IZjreUyzwa.webp

    अर्कोतर्फ इजरायलले इरानलाई आफ्नो अस्तित्वका लागि खतरा मान्दै वर्षौँदेखि यसविरुद्ध गोप्य अभियान चलाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार