Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको चुनाव वैशाख २८ मा, अकांक्षीहरूबिच आन्तरिक जोडघटाउ तीव्र

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको चुनाव वैशाख २८ मा, अकांक्षीहरूबिच आन्तरिक जोडघटाउ तीव्र

मंगलवार, बैशाख १८ २०८१
  • काठमाडौं । आगामी वैशाख २८ गते सम्पन्न हुने नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साधारण सभा र नयाँ नेतृत्व चयनको तयारीको निम्ति तीव्र रुपमा काम अघि बढेको छ । नयाँ नेतृत्वमा को आउने भन्ने विषयमा दुइवटा प्यानल खडा हुने पक्का भएपनि त्यसको अन्तिम टुंगो भने प्यानलवालाहरूले लगाउन सकेका छैनन् ।

    यसको निम्ति नयाँ नेतृत्वको निर्वाचनका लागि अध्यक्ष तथा पदाधिकारीका आकांक्षी व्यवसायी आन्तरिक छलफलमा लागिरहेका छन् । साधारण सभा सम्पन्न गर्ने र नयाँ नेतृत्व चयनको निम्ति अब मात्र डेढहप्ता मात्र समय बाँकी रहेको बेला प्रतिस्पर्धीहरूबिच अस्वस्थ गतिविधिहरूसमेत छिटपुट रुपमा देखिन थालेका छन् । प्रतिस्पर्धीहरूले अरुभन्दा आफूलाई जायज उम्मेदवारको रुपमा प्रस्तुत गर्नको निम्ति आफूभन्दा प्रतिस्पर्धी उम्मेदवारलाई कमजोर रुपमा प्रस्तुत गर्दै आफ्नो पल्ला भारी गर्ने प्रयास पनि गरिरहेका छन् ।

    images

    अस्वस्थ प्रतिस्पर्धाको क्रममा कतिपय ब्यबसायीहरू आफूले नजिते पनि हराउने अभियानमा समेत सक्रिय हुनथालेका छन् । २३ सदस्यीय कार्यसमिति रहने व्यवस्था भएको लोकतान्त्रिक व्यवसायीको कार्यसमितिमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरूसहित २३ सदस्यीय रहने व्यवस्था छ । साधारण सभापछिको निर्वाचनले १९ जनाको मात्रै निर्वाचन गर्नेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ । अध्यक्षको लागि अहिलेसम्म ४ जना आकांक्षी देखिएका छन् । महासचिवलगायतका पदाधिकारीका लागि तीन जना व्यवसायीले आकांक्षा राखेका छन् । जुनकुरोको टुंगो अध्यक्षको निर्णय भएपछिमात्रै लाग्ने थाहा भएको छ ।

    अहिलेलाई भने नेतृत्व लिनको निम्ति भित्र भित्रै रस्साकस्सी चलिरहेको छ । गत निर्वाचनमा तत्कालीन उपाध्यक्ष तारानाथ अर्याल, पूर्वउपाध्यक्ष ऋषि शर्मा, हालका अध्यक्ष कुमुद खनालबीच प्रतिस्पर्धा भएको थियो । हाल एशोसिएसनको सदस्यभन्दा पदाधिकारीमा व्यवसायीहरूको आकर्षण बढी देखिएको छ । नयाँ कार्यसमिति र नेतृत्व आउँदैगर्दा एशोसिएसनले लेवी अर्थात सदस्यता शुल्क बुझाएर निर्वाचनका लागि योग्य बन्न आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ ।

    एशोसिएसनले निर्वाचनसहतिको १२औं साधारण सभामा भाग लिन एशोसिएसनसँग आवद्ध हुन कम्पनीको लेटरहेडमा निवेदन, इजाजत पत्रको प्रतिलिपि, शेयर लगतको प्रमाणित प्रतिलिपि, नागरिकताको प्रतिलिपि, अटो साइजको २ प्रति फोटोसहित तोकिएको लेवी समयमै बुझाउन आग्रह गरेको छ । समयमा लेवी बुझाएर सदस्यता नवीकरण नगरे संघले साधारण सभा र निर्वाचनमा भाग लिन नदिने भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार