Oct 28 2026 | २०८३ कार्तिक १२ गते

लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह

लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह

मंगलवार, आश्विन १५ २०८१
  • काठमाडौँ। सरकारले लेबनानमा रहेका नेपालीहरुको सूची अध्यावधिक गर्न विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ।

    इजिप्टको कायरोस्थित नेपाली दुताबासले एक सूचना जारी गर्दै पछिल्ला दिनमा लेबनानमा विकास भइरहेको परिस्थितिका सम्बन्धमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता अपनाउदै आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको हो।

    images

    पछिल्लो समय इजरायलले लेबनानमा रहेका हिजबुल्लाहका केन्द्रहरुमा हवाई आक्रमण शुरु गरेपछि लेबनानको अवस्था नाजुक बनेको छ । अहिलेसम्म नेपाली नागरिकको अवस्था सुरक्षित रहेको बताइएको छ।

    दुताबासले कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै फोन नम्बर र इमेल ठेगाना समेत सार्बजनिक गरेको छ।

    सम्पर्क ठेगाना निम्न बमोजिम छ :

    कायरो- इमेलः [email protected]

    सम्पर्क व्यक्तिः
    दीपक घिमिरे, द्वीतिय सचिव
    फोन नं. +201097772348 (WhatsApp)

    माधवराज काफ्ले, तृतीय सचिव
    फोन नं. +201002505997 (WhatsApp)

     

    बेरुत- इमेलः [email protected]
    मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत
    फोन नं. +9613301181/+96171688821/+96181883713

    साथै लेबनानमा रहेका नेपाली नागरिकहरुले दूतावासको वेबसाइटमा रहेको लिंक https://eg.nepalembassy.gov.np/registration-of-nepali-nationals-in-lebanon/ मार्फत् आवश्यक विवरण उपलब्ध गराउन सकिने छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार