वैदेशिक रोजगारमा जानु भनेको राम्रो ज्याला पाउनु हो । वैदेशिक रोजगारमा गएर केही रकम कमाउने र जीवनस्तरलाई गूणस्तर बनाउनु नै वैदेशिक रोजगारको पहिलो र अन्तिम उदेश्य हो । तर वैदेशिक रोजगार भन्ने वित्तिकै जूनसुकै देशको जूनसुकै काममा पनि राम्रो हुन्छ भन्ने भ्रम राख्नु हुँदैन । पहिलो कुरा त वैदेशिक रोजगारमा जाँदा कति पैसा लाग्छ ? भन्ने बिषयमा वैदेशिक रोजगारमा जान चाहने कामदार जानकार हुन पर्छ । वैदेशिक रोजगारमा लाग्ने निश्चित शूल्क र कामदारले प्राप्त गर्ने न्युनतम तलव सरकारले नै निर्धारण गरेको हुन्छ । त्यसका आधारमा कामदारले वैदेशिक रोजगार लाभदायक छ कि छैन भनेर तुलनात्मक विश्लेषण गरेको हुनु पर्छ ।
१. राहदानी
राहदानी विदेश जान नभई नहुने कागजात हो । यसमा वाहकका नाम, घरको ठेगाना, जन्म मिति, जारी गरिएको मिति तथा समाप्त हुने मिति उल्लेख हुन्छ । बिदेश जाने र त्यहाँ रहने अनुमति जसलाई भिषा भनिन्छ, त्यो पनि यसैका आधारमा प्राप्त हुन्छ । बिमानस्थलमा हवाई कम्पनी, बैदेशिक रोजगार बिभाग (श्रम डेस्क), सुरक्षाकर्मी तथा अध्यागमनका कर्मचारीहरूले यसको चेक जाँच गर्नेहुँदा बिदेश यात्रा गर्दा यो साथमै राखी तुरून्तै देखाउनसक्नुपर्ने हुन्छ ।
पुरानो हस्त लिखित राहदानी सन २०१५को नोभेम्बर २४ सम्म प्रयोग गर्न सकिने भएतापनि हाल नयाँ राहदानी जारी गर्दा अथवा पुरानोको नविकरण गर्दा नेपाल सरकारले मशिन रिडेबल पासपोर्ट एमआरपी) दिने गरेको छ । यो राहदानी जारी भएको मितिबाट १० बर्षसम्म बहाल रहन्छ । यसको सरकारी दस्तुर रू. ५ हजार हो । यो राहदानी नेपालका पचहत्तरै जिल्लाहरू तथा बिदेशस्थित कुटनैतिक नियोगहरूबाट समेत जारी तथा नबिकरण गर्ने ब्यवस्था मिलाइएको छ । बिदेशस्थित कुटनैतिक नियोगहरूबाट राहदानी लिनुपर्दा या नविकरण गर्दा भने मुलुक अनुसार केही बढी दस्तुर तोकिएको छ ।
नयाँ राहदानी बनाउनका लागि नागरिकता प्रमाणपत्र अनिवार्य चाहिन्छ । नागरिकता आफू बसेको गा.वि.स. अथवा नगरपालिकाको सिफारिसमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गर्दछ ।
राहदानीका लागि आवश्यक पर्ने अन्य कागजातहरू यस प्रकार छन्ः
क) रीतपुर्वक भरिएको दरखास्त फाराम २ प्रति ।
ख) नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको २ प्रति प्रतिलिपि
ग) ६ महिनाभित्र खिचेको तोकिए बमोजिमको रङ्गीन फोटो ४ प्रति ।
घ) राहदानी दस्तुर तिरेको रसिद ।
राहदानीमा उल्लेखित ब्यक्तिगत बिवरण तथा टाँसिने फोटो आफ्नै र तोकिए बमोजिमको साइज र गूणस्तरमा हुनुपर्दछ । कुनै त्रूटि वा अशुद्धि रहेको भए बेलैमा सच्याउनु पर्छ । राहदानी राम्ररी जतन गरी राख्नुपर्दछ, । पानीले भिजेका या पसिनाले ओसिएर अक्षर केही फूलेका कारण समेत त्यस्ता राहदानीमा भिषा नलागेका उदाहरणहरू छन । जारी भैसकेको राहदानीमा थप केही पनि लेख्नुहुंदैन, कुनैपनि पाना च्यात्ने या केरमेट पनि गर्नुहुंदैन । यसरी क्षतिग्रस्त राहदानी पुनः बनाउनुपर्दा दस्तुर दोब्बर लाग्दछ ।
राहदानी नेपाल सरकारबाट स्वीकृति पाएका म्यानपावर कम्पनीका कर्मचारी या तिनका आधिकारिक प्रतिनिधि बाहेक अरू कसैलाई पनि दिनुहुंदैन । बिगतमा फोटो परिवर्तन गरी एउटाको राहदानीमा अर्कै ब्यक्ति बिदेश पुगेको र त्यस्ता धेरै अबैध कामदारहरूले बिदेशमा धेरै दुख पाएका, जेल परेका, नेपालमा आइसकेपछि अध्यागमन विभागमा पक्राउ परेको प्रशस्त उदाहरणहरू छन । खासगरी खाडी मुलुकहरूमा अधिकांश रोजगारदाता कम्पनीहरूले आफ्ना कामदारहरूको राहदानीको सक्कल नै त्यहाँ पुग्ने बित्तिकै कामदारहरूबाट लिइदिन्छन, धेरैले राहदानीको फोटोकपीमा कम्पनीको छाप लगाएर दिने र केही हप्ताभित्रै अर्को आवासीय अनुमति कार्ड (परिचय पत्र) प्रदान गर्छन् ।
रोजगार अवधिभर राहदानी कम्पनीले राख्ने र कामदारसँग त्यही कार्डमात्र रहन्छ । तर स्वदेशमा रेमिट्यान्स मार्फत रकम पठाउनु पर्दा धेरै जसो बैंक तथा रेमिट्यान्स कम्पनीहरूले शूरूमा दर्ता गरी अर्र्को रेमिटान्स प्रयोजनका लागि कार्ड बनाउंदा राहदानीको कपी माग्ने हुँदा पनि आफ्नो राहदानीको फोटो कपी आंफूसँग सूरक्षित राखिरहनुपर्दछ । राहदानी सम्बन्धी थप तथा बिस्तृत जानकारीका लागि नेपाल सरकारको वेभ साइट धधध।अउय।नयख।लउ मा गएर हेर्न सकिनेछ ।
२. वैदेशिक रोजगारमा जाने माध्यम वैदेशिक रोजगारमा जानका लागि नेपाल सरकारमा दर्ता भएका वैदेशिक रोजगार कम्पनी हुन्छन् । ती कम्पनीहरु मुलतः काठमाडौमा मुख्य कार्यलय खोलेर बसेका हुन्छन् । कुनै कुनै कम्पनीले जिल्लामा पनि शाखा कार्यलय खोलेका हुन सक्छन् । केहीले एजेन्ट पनि नियुक्त गरेका हुन सक्छन् । तर यस बाहेक पनि बैदेशिक रोजगारमा जाने माध्यम हुन सक्छ । वैदेशिक रोजगार ऐन २०६४ अनुसार वैदेशिक रोजगारमा मुलतः चार प्रकारको माध्यम प्रयोग गरी जान सकिन्छ ।
(१) इजाजतपत्रवाला (म्यानपावर कम्पनी) संस्था मार्फत वैदेशिक रोजगारमा जाने सबैभन्दा सरल, लोकप्रिय र भरपर्दो माध्यम इजाजतवालाको माध्यम नै हो । नेपालबाट वैदेशिक रोजगारमा यही माध्यमबाट धेरै गएका छन् । ईजाजतपत्रवालालाई बोलीचालीको भाषामा म्यानपावर कम्पनी भन्ने गरिन्छ । कानुनल तोकेको सबै प्रक्रिया पुरा गरेर यो े प्रक्रियामार्फत बैदेशिक रोजगारमा गएमा कानुनी सुविधा र अन्य सयन्त्रको पहुँचमा पुग्न सकिन्छ । ं यस्ता कम्पनीले विदेशबाट प्राप्त मागहरु ल्याएका हुन्छन् । ती मागहरु वैदेशिक रोजगार विभागबाट पुर्व स्वीकृति लिएर, अनिवाय रुपमा राष्ट्रियस्तरका पत्रपत्रिकामा सूचना निकालेको हुनुपर्दछ । सूचनामा पुर्वस्वीकृति मिति र कुल लागत उल्लेख हुनुपर्दछ । रोजगारदाता कम्पनी र सम्बन्धित मुलुकबारे जानकारी लिइसकेपछि उक्त मुलुकमा जाँदा लाग्ने खर्चबारे आफैले पनि जानकारी लिनुपर्दछ । एजेन्टको मात्र भर पर्नु हुँदैन । व्यवसायीले सूचना प्रकाशन गरेको नगरेको यकिन गर्नु पर्दछ, । आशंका भए वैदेशिक रोजगार विभागमा सोधपुछ गरी यकिन गर्नुपर्दछ । विश्वासिलो मेनपावर कम्पनी मार्फत वैदेशिक रोजगारमा विशेष गरी संगठित क्षेत्रको काममा जाँदा तुलनात्मक रुपमा सूरक्षित हुन सकिन्छ । अर्थात कम्पनी, होटल, स्कुल, अस्पतालजस्ता संगठित क्षेत्रको काममा कम जोखिम हुन्छ । किनकी संगठित क्षेत्रको कामलाई सम्बन्धीत मुलुकको श्रम कानुनले समेत समेट्ने गर्दछ । कानुनी रुपमा न्याय पाउन समेत सहज हुन्छ । खाडी मुलुकका श्रम कानुनलेसमेत महिलाका लागि विशेष व्यवस्था गरेको छ । जस्तोः गर्भवती भएको कारणले नोकरीबाट निकाल्न नपाईने, प्रसूति विदा दिनु पर्ने, विशेष काम बाहेक अन्य अवस्थामा रातीको काममा महिलालाई लगाउन नपाउने, धेरै महिला कामदार भएको कम्पनीले बच्चाको लागि प्राथमिक विद्यालय कम्पनीको प्रांगणमा खोल्नु पर्ने आदि व्यबस्था छ । यसरी जाँदा महिलाहरु बढि सूरक्षिात भई राम्रो आय आर्जन गर्न सक्छन् । यदि तपाई विदेश नै जानु छ भने संगठित क्षेत्रको काममा संस्थागत रुपमा जानु बूद्धिमानी हुनेछ । बैदेशिक रोजगारमा गएर स्वदेश नफर्के सम्मको दायित्व मेनपावर कम्पनीले लिनु पर्ने हुनाले जोखिम कम हुन सक्छ ।
(२) व्यक्तिगत स्वीकृति लिएर कुनै व्यक्तिले व्यक्तियत प्रयासबाट बिदेशको कुनै रोजगारदातासंग संझौतागर्न सकेमा व्यक्तिगत स्वीकृतिमा बैदेशिक रोजगारमा जान सकिन्छ । तर बैदेशिक रोजगारमा जाने यस्ता कामदारका लागि सरकारले विशेष मापदण्ड बनाएकाले यस्तो मापदण्ड पुरा गनु‘ पर्ने हुन्छ । यसलाई व्यवस्थित गर्न
व्यक्तिगत श्रम स्वीकृति लिने प्रकृया सम्बन्धी निर्देशिका ,२०६९ जारी भएको छ । यस निर्देशिकाले सम्बन्धीत व्यक्तिको आमा, बाबू, छोरा, छोरी, दाजू, भाई, दिदी, बहिनी, पति, पत्नि, छोरा, छोरी, लाई मात्र नाताको रुपमा स्वीकार गरेको छ । यो प्रक्रियामा बैदेशिक रोजगारमा जाँदा संस्थागत सूरक्षाको भने अभाव हुन्छ । आफन्त वा साथीहरुका माध्यमबाट विदेशमा काम गर्न जान चाहने कामदारहरुले माथि उल्लेखित सम्पुर्ण प्रक्रियाहरु पुरा गरी वैदेशिक रोजगार विभागको स्वीकृति लिनुपर्दछ । दुतावासबाट प्रमाणित नभएको काममा व्यक्तिगत स्वीकृति लिएर जानेहरु बढी जोखिममा परेका हुन्छन् । घरेलु कामदारका लागि व्यक्तिगतरुपमा जानेहरुले सरकारले मुलुकअनुसार तोकेका मापदण्डबारे राम्रोसँग बूझेर, यससम्बन्धी आधारभूत तालिम प्राप्त गरी र श्रम स्वीकृति लिएर मात्र जानुपर्दछ । घरेलू कामदारहरुको हकमा टिकट, भिसा आदि जस्ता खर्च नलाग्ने हुन्छ, तर एजेण्टले अहिले आफै हालिदिन्छू पछि विस्तारै तिरे हुन्छ भनेर ठग्न पनि सक्छन् । यस्ता कुरामा बढी चनाखो हुनुपर्दछ । खाडी मुलुकमा घरेलु कामकोलागि जाने प्रक्रिया पनि यसै अन्तर्गत पर्दछ । आर्थिक दायित्व नपर्ने हुनाले महिला कामदारहरुको आकर्षक गन्तव्यको रुपमा खाडी मुलुकको घरेलू काम अगाडि आइरहेको छ । यो काम अत्यन्त चुनौतिपुर्ण, जोखिमयुक्त एवं खतरायुक्त छ । स्वदेशमा होस वा विदेशमा होस् घरेलुकाम भन्ने वित्तिकै जोखिमपुर्ण क्षेत्रमा पर्दछ । स्वदेश भित्रका घरेलु कामदारलाई त हामीले व्यवस्थित गर्न नसकेको अवस्थामा खाडी मुलुकमा घरेलू महिला कामदार व्यवस्थित गर्ने काम पक्कै पनि सरल र सहज छैन महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने खाडी राष्ट्रको एउटा नागरिकको घरको चार दिवार भित्र बँधुवा मजदुरको रुपमा काम गर्नु कम चुनौतिपुर्ण छैन ।
(३) नेपाल सरकारको स्वामित्वमा भएको संस्था मार्फत यो प्रक्रिया सबै भन्दा सूरक्षित प्रक्रिया हो । नेपाल सरकारले कुनै कुटनीतिक सम्बन्ध कायम भएका मुलुक संग संझौता गरेर यस प्रक्रियामा कामदार पठाउने व्यबस्थागर्न सक्छ । जस्तो इपीएस प्रणाली अन्तर्गत दक्षिण कोरियामा नेपाली कामदारहरु हाल पठाईने गरेका छ । े
(४) नेपाल सरकारले तोकेको संस्थाबाट मात्र यो प्रक्रियामा सरकार सरकार बीच संझौता भए पनि कामदार छनोट गर्ने प्रक्रिया भने कुनै निश्चित संस्थालाई दिन सक्छ । जस्तो हाल जापान पठाउन सरकारले यस्तो प्रक्रिया अपनाएको छ ।
(५) अन्य माध्यम ः वैदेशिक रोजगारका लागि निम्न प्रक्रियामा पनि नेपालीहरु जाने गरेका छन् । तर तलका प्रक्रियाहरु असूरक्षित र जोखिमपुर्ण प्रक्रिया हुन । यी प्रक्रियामा विदेश पुगेका कामदारको सेवा तथा शारीरिक सुरक्षा हुँदैन र सरकारले पनि सहयोग गर्न सक्दैन । आफ्नै खर्चमा विदेशमा अध्ययन गर्ने सिलसिलामा प्राप्त भिषाअनुसार पार्टटाइम काम गर्ने पनि केही छन् । त्यस्तै अन्तराष्ट्रिय डिभी चिठ्ठा अन्तर्गत अमेरिका गएर उतै घरजम गर्ने वा काम गर्ने प्रणाली पनि छ । त्यस्तै विदेशमा जन्मेको भए जन्मका आधारमा पाउने सुविधा लिएर, स्वयंसेवक कार्यक्रममा भाग लिएर, सास्कृतिक कार्यक्रम, खेलकुद, र अन्य बिभिन्न तरिकाबाट बिदेश पुगेर थोरै अवधिकाका लागि काम गर्ने र शरणार्थीका रुपमा कागजात मिलाएर उतै बस्ने गरिएको पनि देखिएको छ । तर यसलाई सुरक्षित बैदेशिक रोजगार भन्न सकिदैन । (क्रमशः) वैदेशिक रोजगार सूचना केन्द्र परियोजना



