Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल मेडिकल व्यवसायी संघको अध्यक्षमा अर्याल

नेपाल मेडिकल व्यवसायी संघको अध्यक्षमा अर्याल

बुधवार, आश्विन ९ २०८१
  • काठमाडौं । नेपाल मेडिकल व्यवसायी संघको अध्यक्षमा  तारानाथ अर्याल निर्वाचित भएका छन् । मंगलबार भएको कार्यसमिति निर्वाचनमा अर्यालको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति सर्वसम्मतिले निर्वाचित भएका हुन् ।

    संघको वरिष्ठ उपाध्यक्षमा चन्द्रकला दाहाल, उपाध्यक्षमा दिवाकर गौतम, महासचिवमा कृष्ण प्रसाद बजगाईं, सचिवमा पंकज कुमर झा र कोषाध्यक्षमा रुनुका खड्का (सदिक्षा) निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यहरूमा क्रमशः भरत सापकोटा, रमेश आचार्य, विष्णु माया श्रेष्ठ, बबिन्द्र घिमिरे, विश्वराम सपकोटा, निराजन कँडेल, निरज श्रेष्ठ, सुरेशकुमार राय र आनन्द यादव निर्वाचित भएका छन् ।

    images

    संघको यसअघि नै साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको भएपनि नेतृत्वका लागि आकांक्षीहरूको गुटबन्दी बढेका कारण निर्वाचन स्थगित भएको थियो ।

    अर्याल नेपोलियन हेल्थ केयर सेन्टर प्रा.लि. का संचालक हुन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार