Oct 28 2026 | २०८३ कार्तिक १२ गते

परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता

मंगलवार, आश्विन ८ २०८१
  • काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राष्ट्रसंघका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन्।

    संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन न्यूयोर्कमा रहेकी राणा र अतुलबीच राष्ट्रसंघको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ।

    images

    शान्ति र सुरक्षाको महान् उद्देश्यका लागि आफ्नो कर्तव्य निर्वाह गर्न नेपाल र नेपाली कर्मचारीहरूलाई सहयोग गरेकोमा राणाले धन्यवाद समेत दिइन्। उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसङ्घीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ।

    नियोगका अनुसार उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पुर्‍याइएको योगदानका विषयमा छलफल भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार