Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

कालो- झण्डा देखाउने हल्लापछि अमेरिकामा ओली-आरजुको कार्यक्रम नै रद्द

कालो- झण्डा देखाउने हल्लापछि अमेरिकामा ओली-आरजुको कार्यक्रम नै रद्द

सोमवार, आश्विन ७ २०८१
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको सम्मानमा आइतबार न्युयोर्कमा आयोजना गरिएको स्वागत तथा अन्तर्क्रिया कार्यक्रम रद्द भएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग र न्युयोर्कमा रहेका नेपाली पहिचानवादी विदेश विभागका संघसंगठनहरुले उनीहरूलाई कालो झण्डा देखाउने भन्दै सामाजिक संजालमा आह्वान गरे लगत्तै स्थानीय सुरक्षाकर्मीले भीभीआइपीहरुको सुरक्षा गर्न नसक्ने जानकारी दिएको थियो।

    images

    त्यसपछि आयोजकहरूले सो कार्यक्रम रद्द गरेको जानकारी प्राप्त भएको छ।

    GYHXEosXYAAb3LE.jpg
    कार्यक्रम स्थलमा सहभागीहरूका लागि कुर्ची मिलाइदै 

    स्वागत तथा अन्तर्क्रिया कार्यक्रम अमेरिकास्थित नेपाली कांग्रेस र नेकपा एमालेका भातृसंगठनले आव्हानमा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र विभिन्न स्थानिय नेपाली संघ संस्थाले आयोजना गर्ने कार्यक्रम रहेको थियो।

    यसैबीच न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले सूचना जारी गर्दै सुरक्षा संवेदनशीलताका कारण प्रधानमन्त्री ओलीले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द गरिएको जनाएको छ।

    नेपाली महावाणिज्यदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाज्यूको संयक्त राष्ट्र संघको महासभा, भविष्यको शिखर सम्मेलन तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ। यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट यस महावाणिज्यदूतावास दुःख प्रकट गर्दछ।’

    प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिने क्रममा शुक्रबारदेखि अमेरिकामा छन्। भने परराष्ट्रमन्त्री डा. राणा क्यानाडा हुँदै शनिबार न्युयोर्क आइ प्रतिनिधि मण्डलमा सहभागी भएकी छिन्।

    458987953_413770874713429_1086615712347704860_n_rNZvbWoUKV.jpg
    undefined

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार