Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कोरियामा नेपाली कामदारको माग बढ्यो

कोरियामा नेपाली कामदारको माग बढ्यो

शुक्रवार, आश्विन ४ २०८१
  • काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत विदेशी कामदार छनोट गर्ने क्रममा नेपाली कामदारको माग संख्या बढाएको छ । कोरियाको ह्युमन रिसोर्स डिपार्टमेन्ट (एचआरडी) कोरियाले सन् २०२४ को दोस्रोपटकको विदेशी कामदार छनोटमा अन्य मुलुकको तुलनामा नेपालबाट धेरै नेपाली कामदारको माग गरेको हो।

    यसभन्दा अघि १६ मुलुकबाट कामदार छनोट गर्दा पाँचौं स्थानमा परेको नेपाल अहिले पहिलो स्थानमा परेको वैदेशिक रोजगार विभागअन्तर्गत (इपिएस) कोरिया शाखाले जनाएको छ ।

    images

    कोरियाका रोजगारदाताहरुले उत्पादनमूलक, कृषि, निर्माणसहित विभिन्न सेवामूलक क्षेत्रका लागि अन्यभन्दा नेपालीहरुलाई प्राथकितामा राखेको छ । अघिल्लो वर्ष पनि कोरियाले विदेशी कामदार लैजाने क्रममा सबैभन्दा बढी नेपालीहरुलाई छनोट गरेको थियो ।

    इपिएसमार्फत सन् २०२२ मा १४ हजार, सन् २०२३ मा १९ हजार २१४ हजार जना नेपाली कामदार रोजगारीका लागि कोरिया गएको शाखाको तथ्यांकले देखाएको छ । यो वर्ष २० हजार बढी नेपालीले कोरियामा रोजगारीको अवसर पाउने अनुमान गरिएको छ ।

    सन् २००८ बाट कोरियाले नेपाली कामदार लैजान सुरु गरेयता अहिलेसम्म एक लाख बढी नेपालीहरु कोरिया पुगिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार