काठमाडौं । नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य युएईले ठूलो संख्यामा नेपाली कामदारको माग गरेको छ । युएईको कतारस्थित ‘एलएलसी’ कम्पनीले दुई सय ९० नेपाली कामदारको माग गरेको काठमाडौंस्थित अल मून ओभरसिजले जनाएको छ ।
अल मून ओभरसिजका अनुसार क्लिनर २०० पुरुष, ५० महिला, केड क्लिनर १०, ग्लास क्लिनर १०, सुपरभाइजर ५, स्वीमिङ क्लिनर ५, टिम लिडर १० जनासहित २९० जना कामदारको माग गरेको छ ।
क्लिनर महिला, पुरुष, केड क्लिनर, ग्लास क्लिनर, २९ हजारभन्दा बढी तलब पाउनेछन् भने सुपरभाइजरले ४३ हजारभन्दा बढी, स्वीमिङ क्लिनर २९ हजारभन्दा बढी र टिम लिडरले ४३ हजारभन्दा बढी तलब पाउनेछन् ।
कम्पनीको नीयमअनुसार कामदारले ओभर टाइम पनि काम गर्न सक्ने अल मून ओभरसिजले बताएको छ ।
हेर्नुहोस् सूचना :



