काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका १ सय ४१ जना नेपालीले जेल जीवन बिताइरहेका छन् । मनग्य पैसा कमाउने र परिवारलाई सुख दिने सपना बोकेर रोजगारीका लागि त्यहाँ पुगेका उनीहरू विभिन्न मुद्दामा अहिले जेल जीवन बिताइरहेका हुन् ।
बलात्कार, झैझगडालगायतका मुद्दामा मलेसियाको पेनाल कोर्टमा ४२ जना नेपाली रहेका मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दामा १५ जना, इमिग्रेसन कानुन उल्लंघन गरेको आरोपमा ५७ जनाले जेल जीवन बिताइरहेका छन् । भने अन्य २१ जना विभिन्न मुद्दामा जेल परेका छन् ।
यस्तै, ६ जनालाई आजीवन जेल अर्थात् जन्मकैदको फैसला भएर आएको मलेसियास्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी बलिरामप्रसाद धामीले जानकारी दिए ।



