Oct 28 2026 | २०८३ कार्तिक १२ गते

गैरकानुनी रूपमा साउदी बसोबास गर्दै आएका ६१ नेपालीले पाए ‘एक्जिट भिसा’

गैरकानुनी रूपमा साउदी बसोबास गर्दै आएका ६१ नेपालीले पाए ‘एक्जिट भिसा’

सोमवार, भाद्र ३१ २०८१
  • काठमाडौं । साउदी अरबमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका ६१ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् ।

    नेपाली दूतावास रियादका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरुब लगाइएका ६१ नेपालीले  ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका हुन् ।

    images

    नेपाली दूतावास रियादले गैरकानुनी रूपमा साउदीमा बसोबास गर्दै आएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

    गैरकानुनी रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित मुलुकको दूतावासले अनुरोध गरेपछि मात्र साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

    साउदीमा कार्यरत नेपालीहरूले आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकाहरूले स्वदेश फर्किन बहिर्गमन भिसा आवश्यक पर्छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार