Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रम प्रचण्ड र कतारी राजा थानीबिच आज द्विपक्षीय वार्ता र सम्झौता हुने

प्रम प्रचण्ड र कतारी राजा थानीबिच आज द्विपक्षीय वार्ता र सम्झौता हुने

बुधवार, बैशाख १२ २०८१
  • काठमाडौँ । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् । 

    दुई दिने राजकीय भ्रमणमा मङगलबार अपराह्न नेपाल आइपुगेका थानी र प्रधानमन्त्रीको वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्कने छन् ।

    images

    हिजो  अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपतिले स्वागत गरेका थिए ।  राष्ट्रपति रामचन्द्र पौडेल र थानी बिचको भेटमा नेपाल र कतारबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा हिजो साँझ राजकीय भोजको आयोजना पनि गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार