Oct 28 2026 | २०८३ कार्तिक १२ गते

माल्टामा राहदानी घुम्ती टोली पठाउन परराष्ट्रमन्त्रीलाई एनआरएनएको आग्रह

माल्टामा राहदानी घुम्ती टोली पठाउन परराष्ट्रमन्त्रीलाई एनआरएनएको आग्रह

शुक्रवार, भाद्र २८ २०८१
  • काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाले राहदानी विभागबाट घुम्ती टोली पठाइदिन परराष्ट्रमन्त्री आरजु राणा देउवासमक्ष आग्रह गरेको छ ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स)ले माल्टामा रहेका नेपालीहरूको राहदानी सम्बन्धी समस्या समाधान गर्न आग्रह गर्दै परराष्ट्र मन्त्रालयमा पत्राचार गरेका हुन् ।

    images

    विशेष गरी, पासपोर्ट नवीकरण, नयाँ पासपोर्ट आवेदन र अन्य राहदानीसम्बन्धी सेवाहरूको लागि घुम्ती टोलीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष खनालको भनाइ छ ।

    ‘माल्टामा रहेका नेपालीहरूका लागि राहदानी सेवामा सहजता र पहुँच सुनिश्चित गर्न, तपाईँको नेतृत्वमा राहदानी विभागबाट एक घुम्ती टोलीलाई नोभेम्बर महिनासम्म माल्टा पठाइदिनुहुन अनुरोध गर्दछौं’, पत्रमा भनिएको छ, ‘यसले यहाँ रहेका नेपाली समुदायलाई ठुलो राहत मिल्नेछ र उनीहरूको राहदानीसम्बन्धी समस्या छिटो समाधान हुनेछ।’

    एनआरएनए माल्टाको तर्फबाट राखिएको यस विषयलाई प्राथमिकतामा राख्दै मन्त्रालयले आवश्यक कदम विश्वास समेत पत्रमार्फत गरिएको छ । यस्तै परराष्ट्रमन्त्रीस्तरको गत साउन २ को निर्णय अनुसार हाल लन्डन दूतावासले हेरिरहेको माल्टालाई स्पेनको दूतावासले हेर्ने गरी निर्णय गरिनु स्वागतयोग्य भएको पनि पत्रमा उल्लेख छ ।

    malta.jpg
    undefined

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार