काठमाडौं । वर्षौंदेखि अतिक्रमणको चपेटामा परेको ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण गरिएको छ।
ललितपुर महानगरपालिकाले लिच्छविकालीन सम्पदाका रूपमा परिचित सप्तपाताल पोखरी पुनर्निर्माण गरी पुनः ब्युँताइएको हो । उक्त स्थानमा नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन बन्दै थियो।
ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको उक्त सम्पदालाई जोगाएर ललितपुर महानगरपालिकाले पोखरीलाई पुरानो स्वरूपमा फर्काएको हो।
यो सँगै सप्तपाताल पोखरीले नयाँ स्वरूप पाएको छ । जिल्लाकै करिब मध्यभागमा पर्ने यो पोखरी अब ललितपुरकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने विश्वास गरिएको छ।



