Nov 03 2026 | २०८३ कार्तिक १८ गते

३५ वर्ष के भयो भनेर अब प्रश्न नसोध्नुस्, उहाँहरुले नगरेका काम गर्नुस् : खुश्बु ओली

३५ वर्ष के भयो भनेर अब प्रश्न नसोध्नुस्, उहाँहरुले नगरेका काम गर्नुस् : खुश्बु ओली

शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्बु ओलीले पुराना दलहरुले ३५ वर्षमा नगरेका कामहरु गर्न वर्तमान सरकारलाई सुझाव दिएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद ओलीले भनिन्, ‘३५ वर्ष के भयो भनेर प्रश्न नसोध्नुस् अब, ३५ वर्षमा उहाँहरुले नगरेका कामहरु तपाईहरु गर्नुस् ।’

    ३५ वर्षको भागेदार सबै हुनुपर्छ भन्ने नभएको बताउँदै उनले ३५ वर्ष केहि नगरिएको भाष्यलाई समाप्त गरेर उनीहरुले नगरेका कामलाई अगाडि बढाउन सरकारलाई आग्रह गरिन् । उनले भनिन्, ‘३५ वर्षको आक्रोशले यो सत्ता पक्षलाई शक्ति दिएको हो भने त्यो ३५ वर्षको अपेक्षा पनि तपाईहरुको काँधमा आएको छ, मैले त्यो अनुकूल काम गर्न निवेदन गरे ।’
     

    images
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार