Nov 03 2026 | २०८३ कार्तिक १८ गते

मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय पसिरमा ‘डीडीसी’ले थाल्यो स्टल राख्ने तयारी

मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय पसिरमा ‘डीडीसी’ले थाल्यो स्टल राख्ने तयारी

शुक्रवार, श्रावण २२ २०८३
  • मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय परिसरमा दुग्ध विकास संस्थान (डीडीसी)ले दुग्धजन्य सामग्री बिक्रीवितरण गर्ने स्टल राख्ने तयारी थालेको छ।

    स्टल राख्नका लागि मन्त्रिपरिषद् कार्यालयसँग छलफल भइसकेको र एक हप्ताभित्रै स्टल राख्ने गरी तयारी भइरहेको दुग्ध विकास आयोजना ढल्केवर शाखाका प्रमुख दिनेश जोशीले जानकारी दिए । जोशीका अनुसार मुख्यमन्त्री कार्यालय परिसरमा विभिन्न मन्त्रालय पनि रहेकाले स्टल राख्ने तयारी थालिएको हो।

    images

    उनले भने, ‘कर्मचारी र सर्वसाधारण समेत गरी एक हजारभन्दा बढी मान्छेको दिनहुँ आवतजावत हुन्छ । स्वदेशी उत्पादनको प्रबर्द्धनसँगै स्वस्थ्यकर पनि हुने भएकाले यहाँ स्टल राख्ने तयारी थालिएको हो । मुख्यमन्त्री कार्यालयसँग छलफल भइसक्यो । अबको एक हप्ता, १० दिनभित्र यहाँ स्टल राखिसक्छौँ।’

    संस्थानले अहिले दुग्धजन्य पदार्थबाट निर्मित दही, रसभरी, बटर, पनिर, घ्यु, मोही, विभिन्न फ्लेभरयुक्त आइसक्रिम उत्पादन गर्दै आइरहेको छ । यहाँ राखिने स्टलबाट यी सबै पदार्थ विक्री वितरण गरिने आयोजनाले जनाएको छ।

    एक महिना अघि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले स्वदेशी उत्पादन भन्दै डीडीसीको ‘चिज’ खाँदै गरेको तस्बिर सार्वजनिक भएपछि डीडीसीबाट उत्पादित सामग्रीहरूको विक्री वितरण ह्वात्तै बढेको थियो।

    जनकपुर चुरोट कारखाना हाताभित्र अहिले मुख्यमन्त्री कार्यालयसँगै अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, गृह, सञ्चार तथा कानुन मन्त्रालयसमेत छ । स्वदेशी उत्पादनलाई प्रबर्द्धन, प्रोत्साहन गर्नुपर्छ भन्नेमा सबै एकमत छन् । त्यही उद्देश्यले मुख्यमन्त्री कार्यालय परिसरमा यो स्टल राख्न लागिएको मधेस प्रदेश दुध विकास बोर्डका उपाध्यक्ष डा शम्भु साहले बताए।

    उनले भने, ‘डीडीसी सरकारी संस्थान हो । यसको उत्पादन गुणस्तरीयसँगै स्वस्थ्यकर हुने भएकाले कर्मचारी, सेवाग्राही सबैका लागि राम्रै हुन्छ।’आयोजना प्रमुख जोशीका अनुसार ढल्केबर शाखाबाट सहकारी र व्यावसायिक फार्मबाट गरी दैनिक २ हजार २ सय देखि २ हजार ५ सय लिटर दुध सङ्कलन हुने गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार