Nov 03 2026 | २०८३ कार्तिक १८ गते

नेपालमा तीन देशका १० हजार शरणार्थी

नेपालमा तीन देशका १० हजार शरणार्थी

शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौँ । नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थी रहेको नेपाल प्रहरीले जनाएको छ।शरणार्थीलाई लिएर सामाजिक सञ्जालमा भ्रामक टिकाटिप्पणी हुन थालेपछि प्रहरीले तथ्यांक सार्वजनिक गरेको हो। प्रहरीका अनुसार, भुटानी, तिब्बती र रोहिंगा शरणार्थी रहेका छन्।

    प्रहरीका अनुसार, सबैभन्दा बढी भुटानी शरणार्थी छन्। नेपालमा ६ हजार २७२ भुटानी शरणार्थी रहेको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।त्यस्तै, तिब्बती शरणार्थी तीन हजार ५२७ जना रहेका छन्। यसैगरी, रोहिंगा शरणार्थी ५२७ जना रहेको प्रवक्ता काफ्लेले बताए।

    images

    नेपालमा रहेका रोहिंगा शरणार्थीमध्ये ३६४ महिला र १६२ पुरुष रहेको उनले जानकारी दिए। उनीहरूमध्ये २१६ बालबालिका रहेका छन्।प्रहरीका अनुसार, रोहिंगा शरणार्थी काठमाडौँको कपन, लसुनटार, राम मन्दिर, लुभु र सुनकोठीमा बस्दै आएका छन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार