Nov 03 2026 | २०८३ कार्तिक १८ गते

अल्पाइन क्लबले भन्यो– ‘निम्स दाइ सहितको ५ शव अस्पतालमा, युक्तको शव नेपाल पठाइयो’

अल्पाइन क्लबले भन्यो– ‘निम्स दाइ सहितको ५ शव अस्पतालमा, युक्तको शव नेपाल पठाइयो’

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ ।  पाकिस्तानको ब्रोड पिक हिमालको अत्यन्तै जटिल र जोखिमपूर्ण मानिएको स्थानबाट निम्स दाइ सहितको शव सङ्कलन गरेर अस्पताल पुर्‍याइएको छ।

    पाँच जना आरोहीको शव हेलिकप्टरमार्फत स्कार्दुस्थित सीएमएच अस्पताल पुर्‍याइएको  अल्पाइन क्लब अफ पाकिस्तानले एक विज्ञप्ति जारी गर्दै आधिकारिक जानकारी दिएको हो ।   आरोहीहरू निर्मल पुर्जा (निम्स दाइ)  वाङ जोङ, निमा शेर्पा, ग्यालु शेर्पा र किल्ली पेम्बा ‘किलु’ शेर्पाको शव सङ्कलन गरी अस्पताल पुर्‍याइएको क्लबले  जानकारी गराएको हो।

    images

    क्लबका अनुसार अस्पतालमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया र कागजात तयार पारिएपछि यी शवहरूलाई पाकिस्तानको राजधानी इस्लामावाद स्थानान्तरण गरिनेछ ।  ब्रोड पिकमा ज्यान गुमाएका अन्य दुई आरोही नाधिरा अलहार्थी र पुरबहादुर गुरुङ ‘युक्त’ शेर्पाको शव भने आवश्यक प्रक्रिया पूरा गरी गृहदेश पठाइसकिएको क्लबले जनाएको छ । युक्त नेपाली हुन भने नाधिरा ओमानी हुन्।

    उक्त दुर्घटनामा परेका सोहेल साखी र म्यालोरी गाइस अझै बेपत्ता रहेका छन् । त्यस्तै  अर्का नेपाली आरोही नवाङ थिन्डु शेर्पाको शव अत्यन्तै उच्च उचाइ र हिम पहिरोको तीव्र जोखिम रहेको क्षेत्रमा रहेकाले हालको परिस्थितिमा सङ्कलन गर्न नसकिएको अल्पाइन क्लबले स्पष्ट पारेको छ।

    को को थिए शव सङ्कलनमा ?

    आफ्नो ज्यानको बाजी थापेर अत्यन्तै जोखिमपूर्ण परिस्थितिमा पनि शव सङ्कलन तथा उद्धार कार्यमा खटिएका मिङ्मा जी, सिरबाज खान, दिपेन गुरुङ, पेम्बा छेवाङ शेर्पालगायत  टोली रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार