Nov 03 2026 | २०८३ कार्तिक १८ गते

न्यायोचित भाडादरको माग गर्दै राइडरहरूद्वारा ‘इन्ड्राइभ’ कार्यालय घेराउ

न्यायोचित भाडादरको माग गर्दै राइडरहरूद्वारा ‘इन्ड्राइभ’ कार्यालय घेराउ

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ । स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूको उचित हकहित र न्यायोचित भाडादर कायम गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलन तथा ‘इन्ड्राइभ’ कार्यालय घेराउ गरेको छ।राइडरहरूले भोग्दै आएका समस्याहरूको समाधान र श्रमको उचित मूल्याङ्कनका लागि दबाब दिने उद्देश्यले उक्त संस्थाले विरोध प्रदर्शन गरेको हो।

    प्रदर्शनका क्रममा सहभागीहरूले ‘राइडरको पसिना सस्तो छैन’,‘अन्याय स्वीकार्य छैन’,‘श्रमिकको आवाज सुन्नैपर्छ’ र ‘राइडरको शोषण बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

    images

    यसैगरी, राइडरहरूको एकता नै देशको प्रगति भएको उल्लेख गर्दै प्रदर्शनकारीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने र इन्ड्राइभ बहिष्कार गर्ने चेतावनी समेत दिएका छन्। उनीहरूले विभिन्न माग लेखिएका प्लेकार्ड बोकेर इन्ड्राइभको कार्यालय बाहिर नाराबाजी गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार