Nov 03 2026 | २०८३ कार्तिक १८ गते

राजनीति गर्न नभई अभिभावकीय भूमिका रहने राजसंस्था आवश्यक : धवलशमशेर राणा

राजनीति गर्न नभई अभिभावकीय भूमिका रहने राजसंस्था आवश्यक : धवलशमशेर राणा

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं । जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर राणाले साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएका छन् । 
    बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता राणाले हिन्दू अधिराज्य बनाउने लक्ष्यका साथ जय नेपाल पार्टी गठन गर्न लागिएको भन्दै साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएका हुन् ।

    उनले आफ्नो अध्यक्षतामा दर्ता हुने पार्टीमा दुर्गा प्रसाईलाई सर्वमान्य नेताको जिम्मेवारी दिइने जानकारी दिए । राणाले आफूहरुले राजनीति गर्ने राजसंस्था खोजेको नभइ अभिभावकीय र राष्ट्र रक्षकको भूमिका रहने राजसंस्था खोजेको स्पष्ट पारे । सबै जाति, जनजाति, धर्मावलम्बी सबैले राजसंस्थालाई मान्दै आएको परम्परा मान्दै आएको भन्दै उनले राजसंस्था हटेपछि देश संकटमा पुगेको उल्लेख गरे । साथै उनले हिन्दू अधिराज्यलाई पुनःस्थापना गर्नको लागि नयाँ पार्टी जन्मिएको बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार