Nov 03 2026 | २०८३ कार्तिक १८ गते

रक्तदान र वृक्षारोपण गरी मनाइयो प्रहरी श्रीमती संघ मधेस प्रदेशको ४२ औँ वार्षिकोत्सव

रक्तदान र वृक्षारोपण गरी मनाइयो प्रहरी श्रीमती संघ मधेस प्रदेशको ४२ औँ वार्षिकोत्सव

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ। नेपाल प्रहरी श्रीमती संघ, मधेस प्रदेशले आफ्नो ४२ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान, वृक्षारोपण तथा फलफूल वितरण कार्यक्रम आयोजना गरेको छ।संघले बिहीबार नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा जनकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।

    यस्तै वातावरण संरक्षणका लागि वृक्षारोपण तथा बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै फलफूल समेत वितरण गरिएको छ। कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ओमप्रसाद अधिकारीले प्रहरी जवानहरू २४ सै घण्टा फिल्डमा खटिने भएकाले उनीहरूको मनोबल बढाउन नेपाल प्रहरी श्रीमती संघले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

    images

    संघले विभिन्न सामाजिक सेवामूलक तथा मानवीय कार्य पनि सञ्चालन गर्दै आएको उनले उल्लेख गरे। उनले भने, ‘हामी आशा गरौँ, आज हामीले संकलन गरेको रगतले भोली रगत नपाएर बसेकालाई जीवनदान दिन सहयोग होस्।रोपिएका बोटबिरुवाबारे बोल्दै उनले थपे, ‘आज हामीले रोपेको विरुवाले भोली राम्रो छहारी या फलफुल दिनसक्छ।’

    नेपाल प्रहरी श्रीमती संघ, मधेस प्रदेशकी अध्यक्ष मनिषा उप्रेतीले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन संघले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिइन्। सोही अनुरुप वार्षिकोत्सवको अवसरमा रक्तदान, वृक्षारोपण तथा फलफूल वितरण कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।संघले आगामी दिनमा पनि समुदायसँगको सहकार्य र सम्बन्धलाई थप प्रभावकारी बनाउन काम गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार