Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सुनको भाउ तोलामा ८ हजारले वृद्धि

सुनको भाउ तोलामा ८ हजारले वृद्धि

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार थियो।

    यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु चार हजार ५७० पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ४७५ मा कारोबार भएको थियो।

    images

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६५ र चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार