Nov 03 2026 | २०८३ कार्तिक १८ गते

कुन पदमा रहेका प्रहरीले कति पाउँछन् तलब : प्रधान सेनापतिको भन्दा आईजीपीको तलब कम

कुन पदमा रहेका प्रहरीले कति पाउँछन् तलब : प्रधान सेनापतिको भन्दा आईजीपीको तलब कम

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सुरक्षा निकायका कर्मचारीहरूको नयाँ तलबमानमा नेपाल प्रहरी र नेपाली सेनाका प्रमुखहरूको तलबमा अन्तर रहेको छ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार नेपाली सेनाका प्रधान सेनापतिको तुलनामा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) को मासिक तलब कम छ।

    नयाँ तलबमान अनुसार नेपाली सेनाका प्रधान सेनापतिको कुल मासिक तलब ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ। तर, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) को मासिक तलब भने ७८ हजार ५ सय ७६ रुपैयाँ मात्र तोकिएको छ। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को तलब पनि ८४ हजार ५ सय ७६ रुपैयाँ कायम गरिएको छ।

    images

    प्रहरीका अन्य वरिष्ठ अधिकारीहरूको तलब विवरण अनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी) को मासिक ७३ हजार ७ सय ५० रुपैयाँ पुगेको छ भने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ७० हजार ७ सय १४ रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी, प्रहरी उपरीक्षक (एसपी) को ६७ हजार ९२ रुपैयाँ, प्रहरी नायब उपरीक्षक (डीएसपी) को ६२ हजार ५ सय ४६ रुपैयाँ र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को ६० हजार ८ सय ७४ रुपैयाँ मासिक तलब कायम भएको छ।

    जुनियर अधिकृत र अन्य तहका प्रहरी कर्मचारीहरूतर्फ प्रहरी नायब निरीक्षक (सई) को ४८ हजार ३ सय ८७ रुपैयाँ, प्रहरी सहायक निरीक्षक (असई) को ४४ हजार ५ सय ७७ रुपैयाँ र प्रहरी वरिष्ठ हवल्दारको ३७ हजार ६ सय ४८ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रहरी हवल्दारले मासिक ३७ हजार ४ सय ५७ रुपैयाँ बुझ्नेछन् भने प्रहरी सहायक हवल्दारको तलब ३७ हजार १ रुपैयाँ तोकिएको छ।

    प्रहरीको तल्लो तहमा कार्यरत प्रहरी जवानको मासिक तलब ३६ हजार ३ सय ३८ रुपैयाँ कायम भएको छ। नयाँ भर्ना हुने रिक्रुटको तलब २७ हजार १ सय ७२ रुपैयाँ छ भने प्रहरी कार्यालय सहयोगीहरूको तलब उनीहरूको तहअनुसार २८ हजारदेखि ४० हजार रुपैयाँको बीचमा रहेको छ।

    सरकारले साउन १ गतेदेखि लागू हुने गरी यो नयाँ तलबमानका अतिरिक्त १० प्रतिशत मासिक प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने निर्णय गरेको छ।

    1

    यसैगरी सशस्त्र प्रहरीतर्फको तलबमान यस्तो छ

    2

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार