Nov 03 2026 | २०८३ कार्तिक १८ गते

ग्वार्कोमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १० जना घाइते

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको  बा.२ ख ३५९० नम्बरको बस बिहीबार बिहान ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएको हो।दुर्घटनामा परेर एक जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए।

    प्रहरी वृत्त सातदोबाटोका डीएसपी वकिल सिंह नेतृत्वको प्रहरी टोलीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरेको छ। दुर्घटनामा परेर १० जना घाइते भएका छन् । उनीहरूलाई बीएण्डबी अस्पतालमा पठाइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार