Nov 03 2026 | २०८३ कार्तिक १८ गते

मदिरा सेवन गरेका ग्यास ट्यांकर चालकले ई–रिक्सालाई ठोक्दा ९घाइते ६ जनाको अवस्था गम्भीर

मदिरा सेवन गरेका ग्यास ट्यांकर चालकले ई–रिक्सालाई ठोक्दा ९घाइते ६ जनाको अवस्था गम्भीर

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं । वीरगञ्ज मादक पदार्थ सेवन गरेका चालकले चलाएको भारतीय ग्यास ट्यांकरले ई–रिक्सालाई ठक्कर दिँदा वीरगञ्जमा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकखण्डमा बिहिबार राति करिब ८ बजे दुर्घटना भएको हो। पावरहाउसबाट तिलावे पुलतर्फ जाँदै गरेको ना.२ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट तीव्र गतिमा आएको आरजे.१४ जीई ८७१० नम्बरको भारतीय ग्यास ट्यांकरले पछाडिबाट ठक्कर दिएको थियो।

    images

    ठक्करपछि ट्यांकर चालक फरार भएकाे भएता पनि प्रहरीले खोजी गरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित मुजफ्फरपुर जिल्ला साहेबगञ्ज निवासी अन्दाजी ४८ वर्षीय धनेश्वर राय रहेका छन्।

    प्रहरीका अनुसार दुर्घटनामा ई–रिक्सामा सवार ९ जना घाइते भएका छन्। उनीहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेकाे र ३ जनाको अवस्था मध्यम रहेको छ। सबै घाइतेलाई उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

    पक्राउ परेका चालकको स्वास्थ्य परीक्षण गर्दा उनले मादक पदार्थ सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार