Nov 03 2026 | २०८३ कार्तिक १८ गते

औपचारिक निर्णयबिनै कांग्रेसमा ‘सर्कुलर’ बाट सदस्यताको म्याद थप

औपचारिक निर्णयबिनै कांग्रेसमा ‘सर्कुलर’ बाट सदस्यताको म्याद थप

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको समय सीमा औपचारिक निर्णय नै नगरी ‘सर्कुलर’ मार्फत १० दिन थप गरेको पाइएको छ । सदस्यता व्यवस्थापन समितिको बैठकले साउन १४ गतेसम्म म्याद थपेको थियो । त्यसपछि बैठक बसेर समय थप गरिएको छैन । तर, साउन १४ गते नै अर्को सर्कुलर जारी गर्दै साउन २४ गतेसम्म केन्द्रमा पठाउन सर्कुलर गरिएको हो।

    साउन ११ गते मुख्य सचिव कृष्णप्रसाद दुलालले प्रेस विज्ञप्ति जारी गरेर ‘वडा सभापतिले अनलाइन प्रणालीमा रहेका निवेदनहरू अनुमोदन गर्ने अन्तिम मिति २०८३ साउन १४ गतेसम्म तोकिएको’ उल्लेख छ । विज्ञप्तिमा साउन १५ गतेभित्र दुर्गम जिल्लाको विवरण केन्द्रमा आइपुग्नुपर्ने र त्यसपछि नयाँ सदस्यताको काम सकिने लेखिएको छ।

    images

    त्यसपछि सदस्यता व्यवस्थापन समितिको बैठक बसेर औपचारिक रूपमा म्याद थपिएको छैन । तर, साउन १४ गते म्याद सकिने दिन नै महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको हस्ताक्षर गरेर जिल्ला र क्षेत्रीय कार्यसमितिलाई पठाइएको अर्को गोप्य सर्कुलरमा साउन २४ सम्मको म्याद दिइएको छ।

    साउन १४ गतेको पत्रमा सदस्यता वितरण र अद्यावधिकमा देखिएका समस्या समाधानका लागि भन्दै साउन २४ गतेभित्र विवरण पठाउन निर्देशन दिइएको छ । पत्रमा भनिएको छ, ‘सदस्यता वितरण र अद्यावधिक सम्बन्धी कुनै समस्या भएमा समितिको संस्थागत निर्णय गरी २०८३ साउन २४ गतेभित्र सम्बन्धित केन्द्रीय प्रतिनिधिमार्फत वा सिधै केन्द्रमा पठाउनुहुन निर्देशन गरिन्छ।’

    साउन ११ को विज्ञप्तिमा ५ बुँदे निर्णय सार्वजनिक गरिएको थियो, तर साउन १४ को पत्रमा कुनै नयाँ बैठक वा निर्णयको मिति उल्लेख छैन । बरु, ‘सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा पठाउनुहुन’ भन्ने निर्देशन मात्र दिइएको छ।

    प्रणालीमा प्रविष्टि भइसकेका सदस्यको नाम सच्याउने, पुराना सदस्य छुटेकालाई समेट्ने र प्राविधिक कारणले नयाँ बनेकालाई व्यवस्थापन गर्ने बहानामा १० दिनको समय दिइएको हो।

    vvv753502691_1547875366743593_4446618675111783172_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार