Nov 03 2026 | २०८३ कार्तिक १८ गते

राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु

राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु

सोमवार, आषाढ २९ २०८३
  • काठमाडौँ । राजधानीका तीनवटा सञ्चार माध्यमका कार्यालयको गेटमा आज बिहानै शंकास्पद सवारी साधनहरू फेला परेका छन् ।  कान्तिपुर टेलिभिजन, अनलाइनखबर र हिमालयन टेलिभिजनको कार्यालयको गेटैमा शंकास्पद रूपमा सवारी साधनहरू पार्किङ गरेर व्यक्तिहरू सम्पर्कबिहीन भएको सूचनासँगै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय, अनलाइनखबरको बुद्धनगरस्थित कार्यालय र हिमालयन टेलिभिजनको पुरानो बानेश्वरस्थित कार्यालयको गेटअगाडि गाडीहरू बेवारिसे अवस्थामा भेटिएका हुन् । ती गाडीहरू कार्यालयभित्र जान-आउन नमिल्ने गरी गेटमै अड्याएर छाडिएको र तिनमा चाबीसमेत नभएको पाइएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी पवन भट्टराईले प्रहरी टोलीले घटनास्थलमा पुगेर ती सवारी साधनहरूको प्राविधिक जाँच र अनुसन्धान गरिरहेको बताए । ती गाडीहरू कसले र किन त्यहाँ छाडेको हो भन्नेबारे सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार